Nov 26 2026 | २०८३, मंसिर १०, गते

Nov 26 2026 | २०८३, मंसिर १०, गते

सुर्के माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

सुर्के माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

नेपाल सम्वत् ११४६, अनलागाः १० दशमी  (२७ जेष्ठ, २०८३, १० जुन, २०२६० बुधबार, बाँपिझ्याला । दोलखाको प्रवेशद्वार मानिने खरिढुंगास्थित सुर्के माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई समाजसेवी सकुना श्रेष्ठ मलेकुले झोला तथा अन्य शैक्षिक सामग्री वितरण गर्नुभएको छ। आज सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उन्नयन तथा सिकाइ वातावरणलाई थप सहज बनाउन आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

यसअघि पनि दोलखाका विभिन्न विद्यालयहरूमा सहयोग गर्दै आउनुभएकी मलेकुले प्राप्त सुझाव, सल्लाह तथा सकारात्मक प्रतिक्रियाप्रति आभार व्यक्त गर्नुभयो। आफ्नो जन्मभूमि जिल्लाका विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा सानो भए पनि योगदान दिन पाउँदा गर्व र सन्तुष्टि महसुस भएको उहाँले बताउनुभयो। साथै, आगामी दिनहरूमा पनि शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको प्रगतिका लागि यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भीमेश्वर नगरपालिका–९ का वडाध्यक्ष हिमाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्थानीय सरोकारवाला तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले समाजसेवी मलेकुको योगदानको प्रशंसा गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार