Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एक महिनामा भीमेश्वर मन्दिरमा ४ लाखभन्दा बढी भेटी संकलन

एक महिनामा भीमेश्वर मन्दिरमा ४ लाखभन्दा बढी भेटी संकलन

नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखास्थित प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिर मा भक्तजनहरूले चढाएको भेटी रकमको विवरण सार्वजनिक गरिएको छ। भीमेश्वर गुठी व्यवस्थापन समितिले २०८३ वैशाख १४ गतेदेखि जेठ १७ गतेसम्मको अवधिमा मन्दिरमा संकलन भएको भेटी सार्वजनिक गरेको हो।

समितिका सचिव तथा युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठ ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उक्त अवधिमा कुल ४ लाख २ हजार ६९ रुपैयाँ भेटी संकलन भएको बताएका छन्। करिब एक महिनाको अवधिमा भक्तजनहरूबाट प्राप्त नगद भेटीको यो विवरण सार्वजनिक गरिएको हो।

भीमेश्वर मन्दिर देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमध्ये एक मानिन्छ। वर्षभरि नेपालका विभिन्न जिल्लासहित विदेशबाट समेत श्रद्धालुहरू मन्दिर दर्शनका लागि आउने गर्दछन्। विशेष पर्व, धार्मिक उत्सव तथा शुभ अवसरहरूमा यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार