नेपाल सम्वत् ११४६, अनलाथ्वः १५ पूर्णीमा (१७ जेष्ठ, २०८३, ३१ मे, २०२६) आईतबार, बाँपिझ्याला । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ले एसइईमा ४.०० जीपीए ल्याएर उत्तीर्ण भएका युनिक पनेरु लाई रु १ लाख नगदसहित सम्मान गरेको छ। गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले पनेरुलाई सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरेको हो।
गाउँपालिकाले अघिल्लो वर्षदेखि एसइईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई रु १ लाख पुरस्कार दिने योजना लागू गरेको थियो। सोही योजनाअन्तर्गत शैलपुत्री माध्यमिक विद्यालय बाट एसइई परीक्षा दिएका पनेरुले उत्कृष्ट नतिजा हासिल गरेपछि पुरस्कार प्राप्त गरेका हुन्।
यस अवसरमा गाउँपालिकाले ३.४० देखि ३.५९ जीपीए ल्याउने सात जना विद्यार्थीलाई जनही रु १० हजार तथा ३.६० जीपीए ल्याउने एक जना विद्यार्थीलाई रु १५ हजारका दरले पुरस्कार वितरण गरेको जनाएको छ। साथै कक्षा १२, १०, ८ र ५ का विषयगत उत्कृष्ट ३२ जना शिक्षकलाई जनही रु ५ हजार नगदसहित सम्मान गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij