Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राख्नुपर्नेमा सांसद खरेलको जोड

चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राख्नुपर्नेमा सांसद खरेलको जोड

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) बुधबार, बाँपिझ्याला । पूर्वमन्त्री तथा सांसद जगदिश खरेल ले चलचित्र क्षेत्रलाई सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत राखिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै उनले यस्तो बताएका हुन्।

उनले चलचित्रको प्रि–प्रोडक्सनदेखि पोस्ट–प्रोडक्सनसम्मका सम्पूर्ण काम मन्त्रालय अन्तर्गत समेटेर अघि बढाउन उपयुक्त हुने धारणा व्यक्त गरे। साथै, यसअघि विधेयकमा समेटिएका व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

सांसद खरेलले २०२६ सालमा बनेको चलचित्र ऐन ५७ वर्षसम्म परिमार्जन हुन नसकेको उल्लेख गर्दै समयअनुकूल नयाँ कानुन आवश्यक रहेको बताए। उनले नेपाली चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने र चलचित्र निर्माणका लागि सहज ऋणको व्यवस्था हुनुपर्ने धारणा राखे।

उनका अनुसार चलचित्र विकास कोषलाई अधिकारसम्पन्न बनाउने व्यवस्था विधेयकमा समावेश गरिएको छ। कोषको अध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्ने र अध्यक्षको कार्यकाल दुई वर्षबाट बढाएर चार वर्ष कायम गरिएको जानकारी पनि उनले दिए।

सांसद खरेलले फिल्मको प्रि–सेन्सर (जाँच) गर्ने प्रावधान हटाउनुपर्ने बताए। उनले सेन्सर बोर्डलाई चलचित्र प्रमाणीकरण समितिका रूपमा रूपान्तरण गर्नुपर्ने धारणा राख्दै यस विषयमा थप छलफल आवश्यक रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार