Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तिखातल प्राथमिक विद्यालयलाई पोशाक सहयोग

तिखातल प्राथमिक विद्यालयलाई पोशाक सहयोग

नेपाल सम्वत् ११४६, बछलागाः ६ षष्ठी (२५ बैशाख, २०८३, ८ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ स्थायी घर भई हाल वैदेशिक रोजगारीमा रहेका आकाश श्रेष्ठ तथा काठमाडौं निवासी कृष्णकुमार प्रधानले तिखातल प्राथमिक विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूका लागि पोशाक वितरण गर्न आर्थिक सहयोग प्रदान गरेका छन्।

कृष्णकुमार प्रधानले विद्यालयको खातामा रु १० हजार सहयोग पठाएका हुन् भने आकाश श्रेष्ठले बद्री दाहालमार्फत नगद रु १० हजार उपलब्ध गराएका छन्। विद्यालय परिवारले उहाँहरूको सामाजिक उत्तरदायित्व, शिक्षा प्रतिको चासो तथा मातृभूमिप्रतिको माया प्रेरणादायी रहेको जनाएको छ।

यस सहयोगका लागि समन्वय तथा पहल गर्ने भीमेश्वर नगरपालिका वडा नं. २ निवासी बद्री दाहाललाई विद्यालयले विशेष धन्यवाद दिएको छ। विद्यालयले यस्ता सहयोगी हातहरूले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार