Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा शिक्षा र सम्मानको विशेष कार्यक्रम सम्पन्न

गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवसमा शिक्षा र सम्मानको विशेष कार्यक्रम सम्पन्न

नेपाल सम्वत् ११४६, बछलाथ्वः ३ तृर्तिया (७ बैशाख, २०८३, २० अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली काँग्रेजका नेता गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवसको अवसर पारेर जीपी कोइराला फाउन्डेसन दोलखाले दोलखामा एक विशेष कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा आदर्श पुरुष भीमबहादुर तामाङ स्मृति अन्तर्गत सञ्चालित कक्षा १२ का विद्यार्थीहरूको परीक्षा तयारीका लागि सञ्चालन गरिएको पाँचौँ निःशुल्क कोचिङ कक्षाको औपचारिक समापन गरिएको हो।

school.jpg

कार्यक्रममा सहभागी वक्ताहरूले गिरिजा प्रसाद कोइरालाको लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय एकता तथा शिक्षाको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँको आदर्शलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याए। साथै, ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क कोचिङ कक्षाले विद्यार्थीहरूलाई आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरियो।

कोचिङ कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि आफूहरूले प्राप्त गरेको शैक्षिक सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी एसईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा विभिन्न विषयका शिक्षकहरूले नियमित रूपमा कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसार तयारी गराएका थिए।

यसै अवसरमा कोचिङ कार्यक्रममा महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गरिएको थियो। फाउन्डेसनले उनीहरूको मेहनत, समर्पण र शैक्षिक विकासप्रतिको योगदानको उच्च कदर गर्दै प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरेको जनाएको छ।

कार्यक्रममा भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धर, स्थानीय बुद्धिजीवी, अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता शैक्षिक तथा प्रेरणादायी कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता निःशुल्क शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार