नेपाल सम्वत् ११४६, चौलाथ्वः १५ पञ्चमी (१९ चैत्र, २०८२, २ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । सहकालको देवताको नामले प्रशिद्धता प्राप्त गरेको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा पर्सि चैत्र २१ गतेदेखि शुरु हुदैछ ।
आज १९ गते दुधमा स्नान अर्थात दोलखाली नेपाल (नेवार) भाषामा दुधुकु ठुङ पुनिसको नामले प्रख्यात रहेको छ । आज सो दुधले स्नान गर्ने बिधि सम्पन्न भएको छ ।
यसै गरी भोली २० गते भीमेश्वर नगरपालीका वडा न. २ डोकलुङा टोलबाट पिङ्गल टोलमा लगि रथमा हाल्ने र पर्सि २१ गतेबाट यसपालीको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुर्दै नौदिनसम्म मनाईने चलन रहेको ।
यसरी यसपाली चैत्र २१ गते पिङ्गलटोलबाट नक्छेटोलमा तान्ने, २२ गते नक्छेटोलबाट श्यामसुन्दर टोलमा तान्ने, २३ गते श्यामसुन्दर टोलबाट टँसिचाटोलमा तान्ने, २४ गते टँसिचाटोलबाट माथिल्लो टोलमा तान्ने, यसदिनमा करिव ३६० डिग्रीको उकालोमा रथ तान्ने भएकोले विशेष आकर्षण र महत्वको दिनको रुपमा लिने गरेको पाईन्छ ।
यसै गरी २५ गते माथिल्लोटोलबाट दुङ्गल टोलमा तान्ने, २६ गते दुङ्गलटोलबाट फेरी पिङ्गलटोलमा तान्ने गरिन्छ भने २७ गते फेरी पिङ्गलटोलबाट डोकलुङ्गा टोलमा भि¥याउने चलन र परम्परा रहेको छ ।
यसरी यही चैत्र २१ गतेदेखि शुरु हुन गईरहेको रथजात्रामा सहभागी हुन भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालीन श्रेष्ठ सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीलाई रथजात्रामा सहभागी हुन आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij