नेपाल सम्वत् ११४६, प्वहेलागाः १३ त्रयोदशी (२ माघ, २०८२, १६ जनवरी, २०२६) शुक्रबार, बाँपिझ्याला । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक वर्ष माघ १ गते माघे सङ्क्रान्तिको दिन प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका “प्रदेय” को १५ औँ अङ्क सार्वजनिक भएको छ । दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले बिहीबार “प्रदेय” को १५ औँ अङ्क सार्वजनिक गरिएको छ ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्केको सभापतित्वमा सम्पन्न प्रदेय सार्वजनिक कार्यक्रममा नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बहादुर वस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, पत्रकार जीवन लामा, गोकर्ण भण्डारी, प्रगतिशिल लेखक संघ दोलखाका अध्यक्ष तारा विएम र साहित्यकार सुशीला शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
एक सय २८ पेज रहेको प्रदेयको १५ औँ अङ्कमा ४३ जना साहित्यकारहरुको विभिन्न लेख– रचना समेटिएको छ ।
विपन्न बालबालिकालाई सहयोग
कार्यक्रमको अवसरमा साहित्यकार एवं समाजसेवी सम्राट् चौलागाईले समाजसेवी ऋषि न्यौपानेको सहयोगमा सङ्कलन गरेको पाँच हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा दुई विपन्न बालबालिकालाई वितरण गरिएको थियो ।
अपाङ्गता भएका विपन्न गोपाल थामीको दुई छोरा– छोरी कुशल र निर्जला थामीको लागि साहित्यकार सम्राट् चौलागाईले समाजसेवी ऋषि न्यौपानेको सहयोगमा विभिन्न व्यक्तसंग सहकार्य गरी खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएका हुन् । ती सामग्रीहरु मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले गोपाल थामीलाई हस्तान्तरण गर्नु भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij