Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

भारतीय आलु र प्याजसहित काउलीदेखि तरकारीको भाउ बढ्यो

भारतीय आलु र प्याजसहित काउलीदेखि तरकारीको भाउ बढ्यो

नेपाल सम्वत् ११४५, यंलाथ्वः १४ पञ्चमी, २१ भाद्र, २०८२, ६ सेप्टेम्बर, २०२५) शनिवार, बाँपीझ्याला ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज भारतीय रातो आलुको भाउ बढेर प्रतिकेजी २८ रुपैयाँ ३३ पैसा र भारतीय सुकेको प्याज ३८ रुपैयाँ पुगेको छ । यसैगरी, लोकल बन्दाको भाउ प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा, स्थानीय काउली ९० रुपैयाँ, हाइब्रीड सेतो मूला ४२ रुपैयाँ ५० पैसा, हाइब्रीड घिउ सिमी, भटमासकोशा, लोकल नासपाती र भटमासकोशा ९५ रुपैयाँ पुगेको छ । 

त्यस्तै, चिचिण्डो प्रतिकेजी ३५ रुपैयाँ, झिगुनी, पाकेको फर्सी र लोकल नासपाती ५५ रुपैयाँ, डल्लो हरियो फर्सी ४७ रुपैयाँ ५० पैसा, स्कूस १७ रुपैयाँ ६७ पैसा, सेलरी २७६ रुपैयाँ ६७ पैसा, तामा ११० रुपैयाँ, गुन्द्रुक २७६ रुपैयाँ ६७ पैसा, अनार ३२६ रुपैयाँ ६७ पैसा, जुनार २३३ रुपैयाँ ३३ पैसा, किवि ३७६ रुपैयाँ ६७ पैसा, शरीफा १७६ रुपैयाँ ६७ पैसा, अमला १२५ रुपैयाँ, सुकेको खुर्सानी ३७६ रुपैयाँ ६७ पैसा, बुलेट खुर्सानी ५५ रुपैयाँ, अकबरे खुर्सानी १८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ८५ रुपैयाँ, हरियो लसुन १३३ रुपैयाँ ३३ पैसा र रुख टमाटर २१० रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार