Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

कालीमाटीमा तरकारी महँगियो

कालीमाटीमा तरकारी महँगियो

नेपाल सम्वत् ११४५, गुलाथ्वः२ द्वितिया, (१० श्रावण, २०८२, २६ जुलाई, २०२५ शनिबार, बाँपीझ्याला ।  कालीमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज काउली, घिरौँला, च्याउ, ब्रोकाउली, बोडीसहितका तरकारीको मूल्य बढेको छ, केही तरकारी तथा फलफूल भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने बढेको छ। 

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७,  रातो आलु ४३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९२, लोकल बन्दा २५, स्थानीय काउली ८५, मुला २२, लाम्चो भन्टा २४, डल्ले भन्टा ३५, तने बोडी ३५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ। 

त्यसैगरि करेला १५, लौका २५, तराईको परबल ३२, घिरौँला ३५, झिँगुनी ४५, हरियो फर्सी (डल्ले) ३५, पाकेको फर्सी ४५, भिन्डी ३०, कन्य च्याउ १४५, डल्ले च्याउ ३४५, ब्रोकाउली १२६ रुपैयाँ प्रतिकिलो छ।

थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो। 

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २४,  रातो आलु ४४, सुकेको भारतीय प्याज ३८, लोकल गाँजर ९१, लोकल बन्दा २५, स्थानीय काउली ६६, मुला २९, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, तने बोडी ३३, मकै बोडी ६१ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला १७, लौका २२, तराईको परबल ३०, घिरौँला २६, झिँगुनी ३९, हरियो फर्सी ९डल्ले० ३४, पाकेको फर्सी ४५, भिन्डी २७, कन्य च्याउ १३६, डल्ले च्याउ ३२५, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो थियो। 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार