अजय प्रधान, दोलखा
बाँपीझ्याला, दोलखा । दोलखाली चेलि भीमेश्वर नगरपालिका दोलखाको सल्लाहकार एवं म्यासमुचा खलक दोलखाका संरक्षक एवं सल्लाहकार सकुना श्रेष्ठज्युले जन्मभुमि तथा माईतिघर दोलखाको हरेक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । यसै गरी प्रशिद्ध दोलखा भिमेश्वरको प्रवेशद्धार संगै रहेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको भवन अगाडी रहेको तारिगाउँ गणेशमन्दिर पैदल मार्गको पुरिएको ढल र तारिगाउ तर्फ जाने खुटकिलो पुननिर्माणमा सहयोग गर्नु भएको छ ।

समाजसेवि सकुना श्रेष्ठज्युको भनाई अनुसार माईतिघर दोलखा जादा वर्षातको समयमा ढल पुरेर पानि बाटौ बाट हिडेर बाटो बिग्रिने चिन्ता र दर्शनार्थीहरु र स्थायिन बासिन्दाहरु हिडडुल गर्दा भोगेको समस्या देख्न नसकेर आफुले सकेको सहयोग गरेको बताउदै यस पुननिर्माण पश्चात आवत जावत गर्ने बटुवा र यातायातलाई धेरै सहज हुने बताउनु भयो ।
यसै बाटोलाई थप व्यवस्थीत गर्न भिमेश्वर नगरपालिका वडा नं २ को आ.व. २०७७÷७८को योजना अन्र्तगत तारिगाउँ गणेशमन्दिर पदमार्ग निर्माण शिर्षकमा रु. ३ लाख रुपैया योजना विनियोजित गरि निर्माण गर्न उपभोक्ता समिती गठन गरिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij