नेपाल सम्वत् ११४६, कौलागाः ३, द्वितिया (१२ कार्तिक २०८३, २९ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ आजदेखि सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न जातका गोदावरीसहित यस वर्ष भित्रिएका नयाँ प्रजातिका फूल तथा बिरुवाहरू राखिएका छन्। प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिद गर्न पाइनेछ।
प्रदर्शनीमा कुल ८६ वटा स्टल रहेका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एउटा प्लान्ट क्लिनिक, चारवटा आधिकारिक, दुईवटा प्रतियोगितात्मक र एउटा फोटो सेल्फी स्टल छन्। दर्शकले विभिन्न प्रजातिका फूलको अवलोकन गर्नुका साथै आफूलाई मनपर्ने फूल तथा बिरुवा खरिद गर्न सक्नेछन्।
प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्मबीच गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी पाँच विधामा प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट स्टल र यस वर्ष थप गरिएको उत्कृष्ट पुष्प सजावट विधाका विजेतालाई सिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ।
तिहार र छठमा घरआँगन सजाउन फूलको माग बढ्ने भएकाले प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र उपभोक्तालाई विभिन्न प्रजातिका फूलबारे जानकारी दिन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij