Oct 06 2026 | २०८३, आश्विन २० गते

Oct 06 2026 | २०८३, आश्विन २० गते

झलनाथ खनाल : ‘मैले नेकपा छाडेको छैन, कहिल्यै छाड्दिनँ’

झलनाथ खनाल : ‘मैले नेकपा छाडेको छैन, कहिल्यै छाड्दिनँ’

नेपाल सम्वत् ११४६, यंलागाः ९, नवमी (१९ असोज २०८३, ५ अक्टोबार, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अझै नेकपामै रहेको स्पष्ट पारेका छन्। उनले आफूले पार्टी नछाडेको र आगामी दिनमा पनि पार्टी नछाड्ने बताएका हुन्।

समाजवादी जागरण अभियानको कार्यक्रममा सहभागी भएका खनालले आफूले नेकपामै रहेर अभियान सुरु गरेको बताए।

‘मैले पार्टी छाडेको छैन, अहिले पनि म नेकपामै छु। मैले नेकपामै रहेर समाजवादी जागरण अभियान थालेको हुँ,’ उनले भने।

खनालले आफूले कम्युनिस्ट पार्टीको सदस्यता लामो समयदेखि लिएको भन्दै पार्टी छाड्ने कुनै सोच नरहेको बताए। ‘मैले पार्टी छाड्दिनँ। २०२६ सालमा पार्टी सदस्यता लिएको हुँ, त्यो कम्युनिस्ट पार्टी किन छोड्छु र ? कहिल्यै छाड्दिनँ,’ उनले भने।

उनले समाजवादी जागरण अभियानमार्फत नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने उद्देश्य रहेको बताए। कम्युनिस्ट आन्दोलनमा देखिएको दक्षिणपन्थी अवसरवादलाई हटाउँदै क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

खनालले नेपाली विशेषताको समाजवाद स्थापना गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताए। समाजवादी जागरण अभियानले यही उद्देश्यमा भूमिका खेल्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार