नेपाल सम्वत् ११४६, यंलाथ्वः १५, चतुर्दशी –१० असोज २०८३, २६ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको जिरी नगरपालिका–४ का अन्दाजी ७२ वर्षीय मानवहादुर जिरेल च्याउ खोज्न जङ्गल गएको तीन सातापछि जिरी नगरपालिका–१ स्यामास्थित झरेनी खोलामा मृत अवस्थामा फेला परेका छन्।
जिरेल करिब तीन साताअघि स्यामाको जङ्गलमा च्याउ खोज्न भन्दै घरबाट निस्किएका थिए। स्यामामा एक रात र त्यसको भोलिपल्ट ढुङ्गेमा बास बसेसम्म परिवारसँग सम्पर्कमा रहेका उनी त्यसपछि भने सम्पर्कविहीन भएका थिए।
स्थानीयले झरेनी खोलामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। जिरी नगरपालिका–४ का वडा अध्यक्ष पदेमान जिरेलका अनुसार फेला परेको शव मानवहादुर जिरेलको भएको जनाइएको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। इप्रका जिरीका प्रमुख प्रहरी निरीक्षक विवेक घिमिरेले खोलामा शव फेला परेको पुष्टि गर्दै प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै शवको पहिचान तथा घटनाको थप विवरण स्पष्ट हुने बताएका छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij