Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ हुने भएको छ।

प्रतियोगिता आगामी मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुनेछ। प्रतियोगितामा राष्ट्रियस्तरका आमन्त्रित पुरुष भलिबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार