Sep 17 2026 | २०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

दोलखाली चेली हेमा मानन्धर नेपाल अर्बुद निवारण संस्थाबाट सम्मानित

दोलखाली चेली हेमा मानन्धर नेपाल अर्बुद निवारण संस्थाबाट सम्मानित

नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्बर २०२६) बुधबार, बाँपिझ्याला । नेपाल अर्बुद निवारण संस्थालाई सहयोग गर्दै आउनुभएकी नेप्लीज फेसन होमकी अध्यक्ष तथा दोलखाली चेली समाजसेवी हेमा मानन्धर सम्मानित हुनुभएको छ।

संस्थालाई पुर्‍याउँदै आएको सहयोगको कदर गर्दै नेपाल अर्बुद निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले समाजसेवी मानन्धरलाई सम्मान गर्नुभएको हो।

सम्मानपछि प्रतिक्रिया दिँदै मानन्धरले नेपाल अर्बुद निवारण संस्थालाई सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले प्राप्त सम्मानले सामाजिक सेवाप्रतिको आफ्नो जिम्मेवारी अझ बढेको महसुस भएको बताउनुभयो।

समाजसेवी मानन्धरले सम्मानका लागि संस्थाका केन्द्रीय अध्यक्ष श्रेष्ठसहित नेपाल अर्बुद निवारण संस्थाको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

क्यान्सर पीडित तथा प्रभावित दाजुभाइ–दिदीबहिनीहरूको सेवामा संस्थाले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मानन्धरले सामाजिक सेवाको महत्वलाई जोड दिँदै ‘सेवा नै धर्म हो, मानवता नै सबैभन्दा ठूलो सम्पत्ति हो’ भन्ने सन्देशसमेत दिनुभयो।

नेपाल अर्बुद निवारण संस्था क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम तथा क्यान्सर प्रभावितलाई सहयोग गर्ने क्षेत्रमा क्रियाशील संस्था हो। संस्थाले क्यान्सरविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै विभिन्न सामाजिक तथा मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।

सम्मानित समाजसेवी मानन्धरले आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्दै क्यान्सर पीडित तथा प्रभावितका लागि आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको छ।

दोलखाली चेलीका रूपमा सामाजिक सेवामा सक्रिय मानन्धरको यस सहयोग र सम्मानले मानवीय सेवाका क्षेत्रमा थप योगदानका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार