Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

नेकपा दोलखाका नेता जय दहालको हृदयघातबाट निधन

नेकपा दोलखाका नेता जय दहालको हृदयघातबाट निधन

नेपाल सम्वत् ११४६, दिल्लागाः ९ नवमी (२२ साउन, २०८३, ७ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । दोलखा बैतेश्वर गाउँपालिका–४ कालथोक घर भई हाल काठमाडौंको काँडाघारीमा बस्दै आउनुभएका नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य जय दहालको हृदयघातका कारण निधन भएको छ। ५१ वर्षीय दहालको अचानक स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

पारिवारिक स्रोतका अनुसार काँडाघारीस्थित निवासमा हृदयघात भएपछि दहाललाई तत्काल उपचारका लागि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गर्दा उहाँलाई मृत घोषणा गरेका थिए।

दहाल नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै प्रदेश कमिटी सदस्यको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको थियो। पार्टी संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय दहालको आकस्मिक निधनले पार्टी पंक्तिमा गहिरो शोक छाएको छ।

दहालको निधनको खबरले गृहजिल्ला दोलखाका नेता, कार्यकर्ता, आफन्त तथा शुभेच्छुकहरूलाई समेत स्तब्ध बनाएको छ। लामो समयदेखि काठमाडौंमा बस्दै आए पनि दहालको दोलखासँग निरन्तर सामाजिक तथा राजनीतिक सम्बन्ध रहँदै आएको थियो।

यसैबीच, दहालको पार्थिव शरीर आज पशुपति आर्यघाटस्थित शवगृहमा राखिएको नेकपा दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष इराज कुमार राउतले जानकारी दिनुभयो। उहाँका छोराछोरी हाल नेपालबाहिर रहेकाले उनीहरू आएपछि सम्भवतः सोमबार अन्तिम संस्कार गरिने  उहाँले जानकारी दिनुभयो।

दहालको निधनले परिवारजन, आफन्त तथा पार्टीका सहकर्मीहरूमा शोक र पीडा थपिएको छ। उहाँको आकस्मिक निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

यस दुःखद् घडीमा बाँपिझ्याला मिडियाको तर्फबाट दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वदेना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार