नेपाल सम्वत् ११४६, दिल्लागाः ६ षष्ठी (१९ साउन, २०८४, ४ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । कालिञ्चोक हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित साङ्गु–सोरुङ खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई व्यावसायिक विद्युत् उत्पादन सुरु भएको छ। कम्पनीका अनुसार आयोजना गत सातादेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर सञ्चालनमा आएको हो।
दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाबाट बग्ने साङ्गुखोलामा निर्माण गरिएको यस आयोजनाको जडित क्षमता ५ मेगावाट रहेको छ। करिब १ अर्ब २० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको आयोजनाको प्रतिमेगावाट लागत करिब २४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
आयोजनामा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ। प्रभावित क्षेत्रका बासिन्दासहित सर्वसाधारणले समेत शेयर लगानी गरेका छन्। कम्पनीको शेयर हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई नियमित कारोबार भइरहेको छ।
आयोजना सञ्चालनमा आएपछि कम्पनीकी अध्यक्ष इन्दिरा पन्त ले आयोजना निर्माणदेखि व्यावसायिक उत्पादनसम्मको यात्रामा साथ, सहयोग, विश्वास र योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले शेयरधनी, प्रमुख वित्तीय साझेदार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सम्बन्धित सरकारी तथा नियामक निकाय, निर्माण कम्पनी, परामर्शदाता, प्राविधिक टोली, कर्मचारी, स्थानीय समुदाय तथा शुभेच्छुकहरूको सहयोगकै कारण आयोजना सफलतापूर्वक सम्पन्न भएको बताइन्।
अध्यक्ष पन्तले साङ्गु–सोरुङ जलविद्युत् आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई थप मजबुत बनाउने, स्वदेशी विद्युत् उत्पादन वृद्धि गर्ने, स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने तथा राष्ट्रिय आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
उनले यो उपलब्धि कम्पनीका लागि मात्र नभई नेपालको निजी जलविद्युत् क्षेत्रकै महत्वपूर्ण सफलता भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबै सरोकारवालाबाट निरन्तर सहयोग, विश्वास र शुभेच्छा प्राप्त हुने अपेक्षा व्यक्त गरेकी छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij