Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट काठमाडौंमा, मिस नेपालको ग्रान्ड फिनालेमा निर्णायक बन्ने

मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट काठमाडौंमा, मिस नेपालको ग्रान्ड फिनालेमा निर्णायक बन्ने

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । ‘मिस नेपाल’ २०२६ को ग्रान्ड फिनाले कार्यक्रममा सहभागी हुन ‘मिस कस्मो २०२५’ विजेता योलिना लिन्डक्विस्ट काठमाडौं आइपुगेकी छन्।

उनीसँगै मिस कस्मोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ट्रान भिएट बाओ होआङ तथा मिस कस्मो उपविजेता चेल्सी फर्नान्डेज पनि नेपाल आएका छन्। उनीहरूलाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र मिस कस्मो नेपाल दीपशिखा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

आयोजकका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्टले मिस नेपालको ग्रान्ड फिनालेमा निर्णायक (जज) को भूमिका निर्वाह गर्नेछिन्। नेपाल बसाइका क्रममा टोलीले भक्तपुर, पाटन र स्वयम्भू लगायतका विश्व सम्पदा क्षेत्रको अवलोकन गर्नुका साथै सगरमाथाको पर्वतीय उडान (माउन्टेन फ्लाइट) समेत गर्ने कार्यक्रम रहेको छ।

टोली आगामी ३ तारिखमा स्वदेश फर्किने जनाइएको छ। यसैबीच, यस वर्षको मिस नेपालको ग्रान्ड फिनालेको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार