Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

विश्वकप फाइनलमा पहिलोपटक ‘हाफटाइम शो’, जस्टिन बिबरदेखि बीटीएससम्म एउटै मञ्चमा

विश्वकप फाइनलमा पहिलोपटक ‘हाफटाइम शो’, जस्टिन बिबरदेखि बीटीएससम्म एउटै मञ्चमा

नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला ।  सन् २०२६ जुलाई १९ मा न्यूयोर्क–न्यू जर्सी स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनल खेल इतिहासमै पहिलोपटक ‘हाफटाइम शो’ सहित आयोजना हुने भएको छ। ११ मिनेट लामो यस विशेष सांगीतिक कार्यक्रममा विश्वप्रसिद्ध गायक जस्टिन बिबर, म्याडोना, शाकिरा, बीटीएस, बर्ना बोय, गुस्ताभो डुडामेल र कोल्डप्लेले प्रस्तुति दिनेछन्। कार्यक्रमको संयोजन कोल्डप्लेका क्रिस्टोफर मार्टिनले गरिरहेका छन्।

यस कार्यक्रमको उद्देश्य केवल मनोरञ्जन नभई ‘फिफा ग्लोबल सिटिजन एजुकेशन फन्ड’ का लागि १० करोड अमेरिकी डलर संकलन गर्नु हो। उक्त रकम विश्वभरका विपन्न बालबालिकाको शिक्षा र फुटबल खेल्ने अवसर विस्तारमा खर्च गरिनेछ। हालसम्म ५ करोड डलरभन्दा बढी संकलन भइसकेको छ भने विश्वकप २०२६ को प्रत्येक टिकट बिक्रीबाट १ डलर यही कोषमा जम्मा हुनेछ।

कार्यक्रममा बालबालिकालाई शिक्षाप्रति प्रेरित गर्न ‘सेसेमी स्ट्रिट’ र ‘मपेट्स’ का चर्चित पात्रहरू पनि सहभागी हुनेछन्। यसैबीच, कोषको व्यवस्थापनका लागि फिफाले गठन गरेको उच्चस्तरीय सल्लाहकार समितिमा फिफा अध्यक्ष जियानी इन्फान्टिनो, गायिका शाकिरा, अभिनेता ह्यु ज्याकम्यान, उद्यमी इभान्का ट्रम्प, टेनिस स्टार सेरेना विलियम्स र ब्राजिली फुटबल लिजेन्ड काका लगायतका चर्चित व्यक्तित्व रहेका छन्।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार