Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

दुई वर्षका उत्कृष्ट चलचित्रलाई एकैसाथ ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गरिने

दुई वर्षका उत्कृष्ट चलचित्रलाई एकैसाथ ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गरिने

नेपाल सम्वत् ११४६, तछलाथ्वः ४ औसी (४ अषाढ, २०८३, १८ जुन, २०२६) बिहीबार, बाँपिझ्याला । चलचित्र समीक्षक समाजले आगामी असार ६ गते ‘क्रिटिक्स फिल्म अवार्ड’ आयोजना गर्ने भएको छ। समाजले वर्ष २०८१ र २०८२ का उत्कृष्ट चलचित्र तथा स्रष्टालाई एकैसाथ अवार्ड प्रदान गर्न लागेको जनाएको छ।

समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाका अनुसार अवार्डका लागि सहभागी भएका चलचित्रहरूको समीक्षात्मक मूल्याङ्कनपछि विजेताको टुंगो लगाइएको हो। उनका अनुसार केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’लाई पुनः निरन्तरता दिँदै उत्कृष्ट सिर्जना र नयाँ प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

तिमल्सेनाले चलचित्रको व्यावसायिक सफलताभन्दा पनि समीक्षकको दृष्टिमा उत्कृष्ट ठहरिएका कामलाई सम्मान गर्ने परम्परालाई अगाडि बढाइएको बताए। उनका अनुसार अवार्डका लागि चलचित्र आह्वान गरिने र सहभागी चलचित्रहरू समीक्षकहरूले मूल्याङ्कन गरेपछि प्राप्त नतिजाका आधारमा कार्यसमितिले छलफल गरी विजेता छनोट गर्ने व्यवस्था रहेको छ।

समाजले यस अवार्डमार्फत नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय सिर्जना, नवीन प्रयोग तथा सिर्जनात्मक प्रतिस्पर्धालाई थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार