Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

मनमायाको ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक

मनमायाको ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक

नेपाल सम्वत् ११४६, अनलागाः २ द्वितिया (१९ जेष्ठ, २०८३, २ जुन, २०२६) मंगलबार, बाँपिझ्याला । हुलाक सेवा विभागकी महानिर्देशक तथा सर्जक मनमाया पंगेनी भट्टराई को नयाँ गीत ‘लैजाचरी–शान्तिको धुन’ सार्वजनिक गरिएको छ। पूर्वमन्त्री तथा साहित्यकार एसपी कोइराला ले एक कार्यक्रमबीच गीत सार्वजनिक गरेका हुन्।

सोही अवसरमा संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ समेत औपचारिक रूपमा घोषणा गरिएको छ।

कार्यक्रममा वक्ताहरूले संगीत र साहित्य समाज रूपान्तरणका प्रभावकारी माध्यम भएको उल्लेख गर्दै शान्ति, सद्भाव र मानवताको सन्देश फैलाउन कला क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

गीतमा मनमाया पंगेनी भट्टराई र कमल सौराग को स्वर रहेको छ भने शब्द तथा संगीत पनि मनमायाकै रहेको छ। भिडियोमा सनम कठायत, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार