Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

राम चरणको ‘पेड्डी’ जुन ४ मा रिलिज हुने

राम चरणको ‘पेड्डी’ जुन ४ मा रिलिज हुने

नेपाल सम्वत् ११४६, बछलागाः ३ तृतिया (२१ बैशाख, २०८३, ४ मे, २०२६) सोमबार, बाँपिझ्याला । भारतीय अभिनेता राम चरण अभिनीत फिल्म ‘पेड्डी’ अब जुन ४ मा प्रदर्शनमा आउने भएको छ। सुरुमा अप्रिल ३० मा रिलिज हुने तय भए पनि आईपीएलका कारण मिति सारिएको थियो। निर्देशक बुची बाबुको यो खेलकुद ड्रामा फिल्मको छायांकन पूरा भइसकेको छ।

निर्माण टिमले आईपीएल समाप्त भएपछि फिल्म रिलिज गर्ने तयारी गर्दै नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ। फिल्ममा जान्हवी कपूर, शिव राजकुमार, जगपति बाबु, दिव्येन्दु शर्मा र बोमन इरानी मुख्य भूमिकामा छन्। संगीत ए.आर. रहमानले तयार गरेका छन्। श्रुति हासन पनि फिल्ममा देखिन सक्ने चर्चा छ।

यो नयाँ मितिसँगै फिल्म बबी देओलको ‘बन्दर’ र वरुण धवनको ‘है जवानी तो इश्क होना है’ सँग बक्स अफिसमा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार