Aug 18 2026 | २०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

नेपाल मण्डलको दोलखा राज्य

नेपाल मण्डलको दोलखा राज्य

म लगायत धेरै दोलखाबासीहरुमा जिज्ञाशा हुने गर्छ ।

उ बेला करिव एक शताब्दी स्वतन्त्र रहेको दोलखा राज्यको भूभाग कत्रो, या कहाँसम्म  थियो होला ? किनकी दोलखाको एतिहासिक रुपरेखामा पनि यसको आकारको रुपरेखा स्पस्ट उल्लेख छैन – “उहिले सुनकोशी र तामाकोशीको बीचको सारा पहाडी प्रदेश दोलखा कहालाएथ्यो; त्यसको अर्को नाम अभयपुर रहेको थियो । मल्ल कालको पुर्बार्दसम्म एक सामन्त शासित प्रदेशको रुपमा रहेको दोलखा मध्यकालको उत्तरार्धमा एक शताब्दी जती एक स्वतन्त्र प्रदेशको रुपमा देखा पर्यो” । 

दोलखा नेपाल मण्डल भित्र थियो या थिएन भन्ने नै बिबादको बिषय हो । लिच्छविकाल देखिनै नेपाल मण्डल थियो भन्नु हुन्छ प्रा.काशीनाथ तमोट (नेपाल मण्डल, २०६४ )।  उहाँ लेख्नुहुन्छ – “ नेपाल मण्डल उपत्यकालाई मात्र जनाउने शब्दको रुपमा लिइन्छ । यस्तो संकुचित नेपाल लाई अथ्र्याउनेहरुमा बिदेशी विद्वान र नेवार बौद्ध संस्था र एवं विद्वानहरुले हुन् । तर संक्षिप्तमा भन्ने हो भने मल्लकालीन काठमाण्डौ, भक्तपुर, ललितपुर र दोलखाको संयुक्त राज्य क्षेत्रनै नेपाल मण्डलको क्षेत्र हो” । 

यसको बिपरित “ने. सं १७१५ पछि शिबसिहले ललितपुर पछि दोलखा पनि कब्जा गरे पछि मात्र कान्तिपुरको अधिनमा आएको थियो”  भन्छ  दोलखाको ऐतिहासिक रुपरेखा । त्यसपछि पनि ललितपुर, दोलखा र भक्तपुरले सन्धि गरेर कान्तिपुरबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । कान्तिपुरको नियन्त्रणमा दोलखा भएको भए पृथ्वी नारायण शाहले उपत्यका माथि कब्जा गरे पछि दोलखा स्वत उनको राज्य हुनु पर्ने हो, किन दोलखाका  शासकलाई बोलाएर दोलालघाटमा सन्धि गर्नुपरेको हो ? 

आज प्रा. काशीनाथ तमोटको नेपाल मण्डल बारेको लेख पढ्ने अवसर मिल्यो जसमा मैले यहाँ राखेका नक्साहरू पनि हेर्ने अवसर मिल्यो । यी नक्शाहरुको श्रोतत उहाँले उल्लेख गर्नु भएको पाइंन् । तर उहाँले राख्नु भएको नक्शा अनुसार दोलखाको प्रभाव क्षेत्र रामेछाप र सिन्धुली समेत गर्दात दोलखा उपत्यकाको राज्यहरू भन्दा पनि निकै ठुलो देखिन्छ । यी दुई भाग लाई अलग्याएर दोलखा मात्र हेर्दा पनि दोलखा तुलनात्मक रुपमा त्यती सानो देखिँदैन । जे होस्, दोलखा अधिराज्यको नक्शा सहित जानकारी दिनु भएकोमा काशिनाथ तमोटज्यूलाई धन्यबाद ।

ढिलै भएपनी दोलखाका बुद्धिजिवी प्रा.डा.श्याम जोशीले दोलखा नेपाल मण्डल भित्र पर्छ भन्ने कुरा अध्ययन गरेर ईतिहासमा लेखिएको कुरालार्ई बाहिर ल्याएकोमा यहाँ प्रति बाँपिझ्याला मिडिया परिवार हार्दीक आभार व्यक्त गर्दछ । जुन कुरा हामीले आजभन्दा ४० बर्षअगाडीदेखि दोलखा नेपाल मण्डल भित्र पर्छ भनेर जानकारी गराउँदै उठाउदै आएका छौ । त्यो कुरालाई यहाँले अध्ययन गरी आफुले जानकारी हासिल गर्नु भएको कुरालाई सार्वजनिकरण गर्नु भयो । यसै गरी अन्य दोलखावासीले पनी दोलखाको बारेमा अध्ययन गर्नु हुन विनम्र अनुरोध गर्दछौं । सम्पादक ।।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार