नेपाल सम्वत् ११४६, यंलागाः ३, तृर्तिया –१३ असोज २०८३, २९ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ। महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई दुईदिने आत्मरक्षा तालिम दिन लागेको हो।
छात्रालाई विभिन्न प्रकारका हिंसा तथा जोखिम पहिचान गर्न सक्षम बनाउँदै हिंसामा परेको अवस्थामा प्रतिरोध गर्न र आफूलाई सुरक्षित राख्न सक्ने बनाउनु तालिमको मुख्य उद्देश्य रहेको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाभित्रका १० वटा सामुदायिक विद्यालयमा सञ्चालन हुने तालिममा प्रत्येक विद्यालयबाट ४० जना छात्रा सहभागी हुनेछन्। यसअनुसार पहिलो चरणमा कुल ४ सय छात्राले आत्मरक्षाका आधारभूत सीप सिक्ने अवसर पाउनेछन्।
तालिममा छात्रालाई सम्भावित जोखिम तथा हिंसाको पहिचान, जोखिमपूर्ण अवस्थाबाट सुरक्षित रूपमा बाहिरिने उपाय तथा आवश्यक परेको अवस्थामा प्रतिरोध गर्ने आधारभूत आत्मरक्षा सीपबारे व्यावहारिक प्रशिक्षण दिइनेछ।
महानगरपालिकाले छात्राको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय तथा समुदायमा सुरक्षित वातावरण निर्माणमा समेत तालिमले सहयोग पुग्ने अपेक्षा गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij