नेपाल सम्वत् ११४६, दिल्लाथ्वः२ द्वितिया (३२ अषाढ, २०८३, १६ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको जिरी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ७६.६९ प्रतिशत खर्च गरेको जनाएको छ। बिहीबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले आर्थिक तथा विकास गतिविधिको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीका अनुसार चालु आर्थिक वर्षमा चालुतर्फ ८१.१४ प्रतिशत र पुँजीगततर्फ ६७.७९ प्रतिशत बजेट खर्च भएको छ। नगरपालिकाको कुल ६० करोड ५५ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये ४६ करोड ४४ लाख ६० हजार ३५८ रुपैयाँ खर्च गरिएको छ। यसमध्ये चालुतर्फ ३२ करोड ७६ लाख ८५ हजार ८९७ रुपैयाँ र पुँजीगततर्फ १३ करोड ६७ लाख ७४ हजार ४६० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ।
सार्वजनिक सुनुवाइमा प्रस्तुत विवरणअनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा कुल ५६ करोड ७ लाख १३ हजार १२४ रुपैयाँ आम्दानी गरेको छ। त्यसमध्ये आन्तरिक आम्दानी १ करोड ८५ लाख ७७ हजार ५५९ रुपैयाँ रहेको छ।
विकास निर्माणतर्फ नगरपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गरेका १४० वटा योजनामध्ये १३८ वटा योजना सम्पन्न भएको जनाएको छ। बाँकी योजना अन्तिम चरणमा रहेको जानकारी दिइएको छ।
सार्वजनिक सुनुवाइमा नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्री तथा वडा अध्यक्षहरूले नागरिकले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य, शिक्षा तथा पर्यटन क्षेत्रका प्रतिनिधिले जिरी नगरपालिकाको विकास, सेवा प्रवाह, पूर्वाधार निर्माण र सार्वजनिक सरोकारका विषयमा सुझाव तथा धारणा राखेका थिए। स्थानीयवासीले पनि नगरपालिकाको विकास, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij