Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

काठमाडौँ–दोलखा–लप्ची यात्रा अब अझ सहज, सञ्चालनमा ‘रोल्वालिङ लक्जरी एअर बस’

काठमाडौँ–दोलखा–लप्ची यात्रा अब अझ सहज, सञ्चालनमा ‘रोल्वालिङ लक्जरी एअर बस’

नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । काठमाडौँबाट दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य लाप्ची पुग्ने यात्रुका लागि अब यात्रा अझ सहज र आरामदायी बनेको छ। यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै ‘रोल्वालिङ लक्जरी एअर बस’ (च्यधिबष्लिन ीगहगचथ ब्ष्च द्यगक) नियमित रूपमा सञ्चालनमा आएको हो।

यो बसले काठमाडौँबाट प्रस्थान गरी चरीकोट, दोलखा, सिंगटी, भोर्ले, छेटछेट हुँदै लप्ची सम्म नियमित सेवा प्रदान गर्दै आएको छ। यसअघि लप्ची पुग्न यात्रुले विभिन्न स्थानमा सवारी परिवर्तन गर्नुपर्ने अवस्था रहेकामा अब एउटै बसमार्फत गन्तव्यसम्म पुग्न सकिने भएपछि यात्रा थप सहज बनेको छ।

लप्ची दोलखाको गौरीशंकर गाउँपालिकामा अवस्थित नेपालको महत्वपूर्ण धार्मिक, प्राकृतिक तथा हिमाली पर्यटन गन्तव्य हो। तिब्बत (चीन) सिमानासँग जोडिएको यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि विशेष आस्थाको केन्द्र मानिन्छ। प्रसिद्ध योगी मिलारेपाले साधना गरेको स्थलका रूपमा परिचित लाप्चीमा हरेक वर्ष स्वदेशी तथा विदेशी श्रद्धालु र पर्यटकहरूको आगमन हुने गर्दछ।

रोल्वालिङ लक्जरी एअर बस सञ्चालनमा आएपछि लाप्ची जाने तीर्थयात्री, पर्यटक, स्थानीय बासिन्दा, व्यापारी तथा विभिन्न पेशामा आबद्ध यात्रुहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। आरामदायी सिट, सुरक्षित यात्रा तथा व्यवस्थित सेवासहित सञ्चालनमा आएको बसले लामो दूरीको यात्रा सहज बनाउने विश्वास गरिएको छ।

लप्ची केवल धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, स्वच्छ वातावरण तथा रोल्वालिङ क्षेत्रको प्रवेशद्वारका रूपमा समेत परिचित छ। पछिल्लो समय आन्तरिक पर्यटनसँगै साहसिक पदयात्रा (ट्रेकिङ) र धार्मिक पर्यटनमा रुचि राख्नेहरूको आकर्षण पनि यस क्षेत्रमा बढ्दै गएको छ। 
नियमित बस सेवा सञ्चालनसँगै काठमाडौँ र दोलखाको उत्तरी भेगबीचको यातायात पहुँच थप मजबुत हुने, स्थानीय व्यापार व्यवसायमा टेवा पुग्ने तथा पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधिमा समेत यस सेवाले सहयोग पु¥याउने विश्वास गरिएको छ।

काठमाडौँबाट लप्चीसम्म सहज, सुरक्षित र आरामदायी यात्रा गर्न चाहने यात्रुका लागि ‘रोल्वालिङ लक्जरी एअर बस’ उपयुक्त विकल्पका रूपमा सञ्चालनमा आएको छ। यस सेवाले दोलखाको धार्मिक तथा पर्यटकीय सम्भावनालाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार