Oct 09 2026 | २०८३, आश्विन २३ गते

Oct 09 2026 | २०८३, आश्विन २३ गते

मिस नेपाल २०२६ का लागि आवेदन खुला

मिस नेपाल २०२६ का लागि आवेदन खुला

नेपाल सम्वत् ११४६, अनलाथ्वः ५ पञ्चमी (७ जेष्ठ, २०८३, २१ मे, २०२६) बिहीबार, बाँपिझ्याला ।  द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गर्ने इच्छुक युवतीहरूले आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ तोकिएको छ। प्रतियोगिताको ग्रान्ड फिनाले भदौ १६ गते गोदावरीस्थित द प्लाजामा आयोजना हुनेछ भने कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षबीच हुनुपर्नेछ। नेपाली नागरिकता भएका तथा एनआरएन कार्ड भएका विदेशमा बस्ने नेपालीहरूले पनि आवेदन दिन सक्नेछन्।

यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विजेता छनोट गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार