नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । सरकारले चलचित्र, वृत्तचित्र, फोटोग्राफी तथा डिजिटल सामग्री उत्पादन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले सिर्जनात्मक तथा डिजिटल सामग्री उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका हुन् ।
सरकारको घोषणा अनुसार चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल कन्टेन्ट उत्पादनलाई व्यवस्थित, व्यावसायिक र रोजगारीमुखी उद्योगको रुपमा विस्तार गरिनेछ । यस कदमले नेपाली फिल्म तथा डिजिटल मिडिया क्षेत्रलाई औपचारिक उद्योगको मान्यता दिलाउने अपेक्षा गरिएको छ ।
हाल नेपालमा डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत सामग्री उत्पादन तीव्र रूपमा बढिरहेको छ । सरकारले यस क्षेत्रलाई नीति, लगानी, प्रविधि र पूर्वाधारसँग जोडेर आर्थिक गतिविधिको महत्वपूर्ण क्षेत्र बनाउने संकेत गरेको छ ।
घोषणापछि चलचित्रकर्मी तथा डिजिटल कन्टेन्ट निर्माताहरूले यसलाई सकारात्मक कदमका रूपमा लिएका छन् । उनीहरूका अनुसार उद्योगको मान्यता पाएपछि लगानी, कर व्यवस्था, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुग्न सक्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij