Search

दोलखामा बरामद भएको पहेलो धातु सुन भएको पुष्टी, करिव १० करोड २० लाख मुल्यांकन

दोलखामा बरामद भएको पहेलो धातु सुन भएको पुष्टी, करिव १० करोड २० लाख मुल्यांकन
बाँपीझ्याला, दोलखा । दोलखामा बरामद भएको ११ किलो पहेँलो धातु सुननै भएको पुष्टि भएको छ । यसरी जिल्लामा बरामद भएको पहेँलो धातु काठमाण्डौ सुन चाँदी व्यवसाय संघ, क्षेत्रपाटी काठमाण्डौमा परिक्षणका लागि पठाइएको थियो । परिक्षण गर्दा उक्त धातु सुन नैै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त सुनको मुल्य आजको बजार मूल्य अनुसार १० करोड १९ लाख ५७ हजार... Read More

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक

लिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक
बाँपीझ्याला, काठमाण्डौं । तीन दिन अघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रुवेल माछा फ्राईमा साथीहरुबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले... Read More

सिरहामा​ यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना यात्रु घाइते

सिरहामा​ यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना यात्रु घाइते
बाँपीझ्याला, काठमाण्डौं । सिरहामा​ यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुवाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक स्प्रिङ पट्टा भाँचिएर अनियन्त्रित भई दुर्घटना भएकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् । मृत्यु हुने... Read More

दोलखाको लामाबगर स्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन बरामद

दोलखाको लामाबगर स्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन बरामद
बाँपीझ्याला, दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको लामाबगर स्थित फलाक नाकाबाट भित्रिएको थप चार केजी अवैध सुन आइतबार दिउसो ४ः१५ बजे भेटिएको छ । दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ स्थित लामाबगर बजार आसपास ढुङ्गाको चेप मुनि लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद भएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए । फरार रहेका अशोक मगर लगायतले लामाबगर आसपास सुन लुकाएको... Read More

महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहककालोसूचीमा

महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहककालोसूचीमा
बाँपीझ्याला, काठमाण्डौं । लामो समयदेखि विद्युत् महसुल नबुझाउने एक हजार आठ सय २३ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अघि बढाइएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जले विद्युत् उपभोग गरे पनि लामो समयसम्म महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखेर बक्यौता असुल्न कारबाही अघि बढाइएको हो । कार्यालय प्रमुख अवधेश दुबेका अनुसार कालोसूचीमा रहेका ग्राहकको तीनपुस्ते विवरण यकिन गर्न कर्मचारीको टोली परिचालन... Read More

दोलखामा अनुसन्धानको क्रममा थप तिनकिलो सुन बरामद

दोलखामा अनुसन्धानको क्रममा थप तिनकिलो सुन बरामद
बाँपीझ्याला, दोलखा । दोलखाको विगु–३ जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा थप तीन केजी सुन भेटिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपक खड्काले बताउनुभयो । बुधवार राति विशेष सुराकीको आधारमा जामुनेस्थित सिता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङको कोठामा खानतलासी गर्दा चार केजी सुन भेटिएको थियो । सुन बरामद भएपछि विगु–१ लामाबगरका... Read More

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा तीन जनाको विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा तीन जनाको विवरण सार्वजनिक
बाँपीझ्याला, दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाले चार केजी सुन ओसारपसारमा संलग्न रहेको आशङ्कामा बुधवार राति पक्राउ गरेको तीन जनाको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका शङ्कास्पद व्यक्तिहरुमा दोलखा विगु गाउँपालिका वडा नम्बर ३ का १८ वर्षको पेम्बा तमाङ, २८ वर्षको केशर तमाङ र २० वर्षको माधव मगर रहेका छन् ।... Read More

प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
बाँपीझ्याला, काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २२ जना प्रहरीहरुको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले सातदिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा... Read More

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको आज सुनुवाइ हुँदै
बाँपीझ्याला, काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो । आमाको उमेरमा... Read More

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु
बाँपीझ्याला, काठमाण्डौं । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका- ११ बेलटाकुराकी भगवती टोलकी अन्दाजी ४३ वर्षीया रीता लामिछाने रहेकी छन् । शनिबार दिउँसो साढे २ बजे स्थानीय टेकबहादुर हमालको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार... Read More
1 11 12 13 14 15 175
error: Content is protected !!