Search

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ ।... Read More

प्रथम प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरी ४१ औँ स्मृति दिवस मनाइँदै

प्रथम प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरण गरी ४१ औँ स्मृति दिवस मनाइँदै
बाँपीझ्याला, काठमाण्डौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५... Read More

अलविदा कमरेड सीता दाहाल …!!

अलविदा कमरेड सीता दाहाल …!!
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सहयात्री जीवन र मृत्युसंग संघर्ष गर्दागर्दै अन्ततः पराजित हुन पुगिन् । शाश्वत जीवनलीलाको युद्धमा विधाताले सीताको जित्न खोजेका अन्तरसाहसका हतियारहरूलाई निष्कृय बनाएर सबैबाट खोसेर लगे । यसमा वेदना व्यक्त गर्नुको अर्को विकल्प रहेन । कमरेड सीता दाहालको जीवन वैवाहिक चरणपछि पारिवारिक झमेलाभित्र अल्झिएर घेरिएको थियो भने ३८ वर्षको उमेरमा पार्टी प्रमुखका हैसियतले प्रचण्डले जनयुद्धको... Read More

भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट टोल दोलखा निवासी दिवंगत कृष्णकुमारी प्रधानको आज तेहौं दिन

भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट टोल दोलखा निवासी दिवंगत कृष्णकुमारी प्रधानको आज तेहौं दिन
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट निवासी दिवंगत ज्ञानबहादुर प्रधानको श्रीमती कृष्णकुमारी प्रधान (ठूलीकान्छी प्रधान) दिवंगत भएको आज तेहौं दिन भएको छ । ९० बर्षको उमेरमा यही अषाढ ६ गते बुधबार दिवंगत हुनु भएको कृष्ण कुमारी प्रधानको आत्माको चिरशान्तीको कामना गर्दै आज काठमाण्डौं बसुन्धरा क्रियापुत्री घरमा १३ औं दिनको पुन्यतिथीको सस्मरणमा पितृपूजा गरिने पारिवारीक श्रोत बाट थाहा भएको... Read More

स्व. मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवस

स्व. मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवस
३ जेठ, बाँपीझ्याला, काठमाण्डौं ।आज नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३०औं स्मृति दिवस । जनताको बहुदलीय जनवादका प्रबद्र्धक भण्डारी र नेता आश्रितलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले र उसका नेता कार्यकर्ता र शुभचिन्तकहरुले स्मरण गर्दैछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा... Read More

प्राचिन शहर दोलखाका जेष्ठ नागरिक सुवर्णलक्ष्मी श्रेष्ठ १०३ बर्षको उमेरमा दिवंगत, सस्मरणमा वहाँ

प्राचिन शहर दोलखाका जेष्ठ नागरिक सुवर्णलक्ष्मी श्रेष्ठ १०३ बर्षको उमेरमा दिवंगत, सस्मरणमा वहाँ
विचार विय – हार्दिक श्रद्धाञ्जली दोलखा जिल्ला पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –४ हाल भीमेश्वर नगरपालीका वडा नं. –२, दुङ्गल टोल, दोलखामा वि.सं. १९७८ भाद्र ५ गते ईन्द्रजात्राको दिनमा बुबा स्वर्गिय सिद्धिमान श्रेष्ठ र आमा स्वर्गिय शंखलक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका कान्छि छोरी बर्ष १०३ की सुर्वण लक्ष्मी श्रेष्ठ हिजो २०८० साल बैशाख २१ गते दिउँसो ४ः०० बजे सुपुत्र... Read More

बुद्ध जयन्ती

बुद्ध जयन्ती
२५६७ औ बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना ।बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र... Read More

आज जगदगुरु रामानुजाचार्य जयन्ती!

आज जगदगुरु रामानुजाचार्य जयन्ती!
१२वैशाख बाँपीझ्याला काठमाण्डौँ । मिति २०८०साल बैशाख १२ गते मंगलबार वैशाखशुक्ल चौथी तिथी बिहान १० / १४ बजेसम्म त्यसपछि पंचमी तिथी आरम्भ आर्द्रा नक्षत्र जगदगुरु श्रीरामानुज स्वामी महाराजको जयन्ती उत्सव भएकोले हामीहरुले उहाँको बारेमा बुझ्नु जरुरि छ।रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनुहुन्थ्यो । उहाँ श्रीवैष्णव हुनुहुन्थो।उहाँको भक्ति परम्परामा धेरै प्रभाव रहेकोछ।वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका... Read More

अस्ताइन् आवाजकी धनी कृष्णा ताम्राकार !

अस्ताइन् आवाजकी धनी कृष्णा ताम्राकार !
कृष्णाको आवाजले बस्ती गुञ्जन्थ्यो त्यतिबेला, गाउँ ब्युँझन्थ्यो जतिबेला त्यो पुरानो फिलिपस् रेडियोमा ‘यो रेडियो नेपाल अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्.. ’ समाचार चित्तबुझ्दो या सुन्न लायकको होस् या नहोस् त्यो मतलब थिएन तर तिनको आवाज सुन्दा क्रान्ति पनि शान्तिमा बदलिएको आभास हुन्थ्यो । जस्तै विपदको समाचार कर्णकुञ्जमा गुञ्जेपनि सारा विपद हटेर आनन्दको महशुस हुन्थ्यो । एकपटक होटल यलो प्यागोडको कार्यक्रममा... Read More

आज शहिद दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाउँर्दै

आज शहिद दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाउँर्दै
बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष माघ १६ गते मनाईने सहिद दिवस प्रजातन्त्र स्थापना एवम् पुर्नस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहितको सम्झनामा विभिन्न कार्यक्रम गरी आज देशभर मनाईँदैछ । कठोर र निरङश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर सहिद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गांलाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि ती चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै... Read More
1 2 3 9
error: Content is protected !!