Search

आलु बजारीकरणको जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

आलु बजारीकरणको जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’
बाँपीझ्याला, काठमाण्डौं । रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने बेला भएपछि कसरी बिक्री गर्ने भन्ने चिन्ताले निकै पिरोल्थ्यो । उनले हरेक वर्ष करिब १० क्विन्टल आलु उत्पादन गर्छिन् । सबैका घर–घरमा एकैपटक आलु उत्पादन हुने समय एकै हुँदा बजारमा उनलाई झट्ट बिक्री गर्न समस्या हुन्थ्यो । कहिलेकाहीँ त घरमा भण्डारण गरेर राखिएको आलु टुसा उम्रने बेलासम्म नबिकेर त्यत्तिकै... Read More

पुनः निर्वाचन पुनर्विचार गन्तव्य दोलखातिर

पुनः निर्वाचन पुनर्विचार गन्तव्य दोलखातिर
जनताको भलाइका लागि जनताले नै चुनेर पठाउने चुनावमा जनता जनता बीचमै झगडा हुनु दुःखद कुरा हो । त्यसमाथि पनि एकै थलोका दाजुभाइ बिचमा रगतपच्छे हुनेगरि लखेटेर ढोका फोडेर बहुला कुकुरले भैंm झम्टेर मृत्युको मुखसम्म पुर्याउने कस्तो खालको प्रतिनिधि छान्ने हुन् सोच्दा पनि टीठ लागेर आउँछ । चुनाव एउटा प्रतिनिधि छान्ने संवधानको नियमित प्रक्रिया हो । आम मतदाताले आफ्नो मताधिकार प्रयोग... Read More

नेपाल देश संयोजन र विभाजनका केही टिप्पणी…

नेपाल देश संयोजन र विभाजनका केही टिप्पणी…
नेपाल राज्य अहिले संघीय र प्रदेशको हिसाबले विभक्त बनेको छ । जस अनुसार ७ प्रदेशमा विभाजित गरिएको छ । यो भन्दा धेरै पहिलेको इतिहासलाई केलाएर हेर्दा नेपालमा अनेकौं राज्यहरूले भरिएको स्पष्ट छ । जस अनुसार पहिलेका बाइसे चौबिसे राज्यहरू पश्चिममा थिए भने पूर्वतिर पनि टुक्रिएका धेरै राज्यहरू थिए । जब पृथ्वी नारायण शाहले एकिकरण गरे त्यसपछि भने सिङ्गो नेपालको नामाकरण... Read More

व्यङ्ग्य–झटारो …सन्दर्भ आम निर्वाचन २०७९

व्यङ्ग्य–झटारो …सन्दर्भ आम निर्वाचन २०७९
रुख झन् पलायो, घाम सेलायो, हँसिया बिलायो, घण्टी बजायो, कलम बौलायो ! बुढो रुख ढल्नेभो भनेर धेरैले आँकलन गरेका थिए तर ढलेनन् । एक दुई भने ढलमलमा परे । शायद ती रुखहरूमा मलजल गर्नेले अवसरको सदुपयोग गरेनन् होला । लगभग अलि पाको रुखहरू फेरि जाँगर चलाएर बघैंचामा लहराउन खोज्दैछन् । शायद ती लहराउन खोजेका रुखको प्रतिफल स्वादिलो नै लागेर होला... Read More

सुन्दरता सयपत्री फुल मालाको र चुनाव यसपालाको

सुन्दरता सयपत्री फुल मालाको र चुनाव यसपालाको
एक जमाना यस्तो थियो चुनाव आउँदा गाउँ, बस्ती शहरको कुनाकाप्चा झिलिमिली हुन्थ्यो, को भन्दा को कमको प्रतिस्पर्धामा ब्यानर, पोष्टर र पर्चाको बजार चल्थ्यो । जताततै रंगीचंगी तुल र ब्यानरले परिवेश नै चुनावमय हुन्थ्यो । अहिलेको जस्तो डिजिटल स्पिकरको चलन थिएन मतलब नेपालमा त्यसको प्रयोग भएको थिएन, हाते माइक र लामो गोलो खालको टिनको माइक गाडीमा राखेर चुनावी प्रचार प्रसार गरिन्थ्यो... Read More

दोलखा अनी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको चिन्तन….

दोलखा अनी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको चिन्तन….
दोलखाको पृष्ठभूमिमा दोलखाका लागि आफ्नो मन मस्तिष्क र धन खर्चिन अलिकति पनि नहिच्किचाउने, जिन्दगीमा आइपरेका भवितव्य प्रति अलिकति पनि नडगमगाउने व्यक्तित्व भएका एक महान व्यक्तित्व हुनुहुन्छ हाम्रा आदरणीय वरिष्ठ इन्जिनियर नेपालको जलविज्ञ आत्माकृष्ण श्रेष्ठज्यू । इन्जिनियर आत्माकृष्ण श्रेष्ठज्यूको परिचय दिइ राख्नुपर्ला जस्तो त लाग्दैन तथापि यहाँ केही सन्दर्भ राखिदिने जमर्को गरेका छौं । दोलखा जिल्ला प्राचिन शहर दोलखाको तत्कालीन दोलखा... Read More

अमूल्य मत, पैसामा नसाट्औं ….सानो गल्तीले पाँचबर्षसम्म टाउको नसमाऔं

अमूल्य मत, पैसामा नसाट्औं ….सानो गल्तीले पाँचबर्षसम्म टाउको नसमाऔं
बाँपीझ्याला, काठमाण्डौं । निर्वाचनमा भोट हाल्दा विवेक पुर्‍याऔं। अहिले पनि विवेक गुमायौं भने फेरि पाँच वर्ष टाउकोमा हात राखेर बस्नु पर्छ। भोट दिँदा सही व्यक्ति छनोट गर्न सके नीतिनिर्माण तहमा राम्रो मान्छे पुग्छ। होइन भने फेरि यस्तै हो। नेताले भोटका लागि विभिन्न प्रलोभन देखाइरहेका छन्। कतिले पैसा बाँडेका छन्। पैसासँग भोट नसाटौं। असल व्यक्तिलाई भोट हालौं। निर्वाचन जितेर गाउँ नफर्कने... Read More

मंसिर चार आचारसंहिताको संघार

मंसिर चार आचारसंहिताको संघार
सन्दर्भ विचार निर्वाचन आयोगले ९ पृष्ठको लामो आचार संहिताको नियम, अनुशासनको व्याख्या गरेको छ । यो एकदमै आवश्यक कुरा हो । कुनै पनि कार्यको लागि यस्तो खालको कार्यविधिहरू बारे जानकारी दिनु जरुरी छ र यसलाई कार्यान्वयन गर्न सम्बन्धित निकाय तदारुकताका साथ लागिपर्न आवश्यक छ । ‘निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि २०७९ मा लेखिएको ३ परिच्छेदमा विभिन्न अनुसूचिहरू राखिएका देखिन्छ । परिच्छेदको... Read More

प्राचिन शहर दोलखाको पहिलो संस्था कालिन्चोक युवा क्लव र यस भित्रको पर्खाल

प्राचिन शहर दोलखाको पहिलो संस्था कालिन्चोक युवा क्लव र यस भित्रको पर्खाल
प्राचिन शहर दोलखाको धरातलको माटोलाई छोएर भन्नुपर्दा र आराध्य देव भीमेश्वरलाई हृदयदेखि स्मरण गर्नुपर्दा र कालिन्चोक भगवती मातालाई नै मनमा राखेर हेर्दा कालिन्चोक युवा क्लव दोलखाको जन्म भएको हो । कालिञ्चोक युवा क्लव त्यस्तो सामाजिक संस्था हो जुन संस्थालाई नकारात्मक सोचले केही टिप्पणी गर्दा पनि पाप लाग्ला कि भन्ने मनमा संदेह उत्पन्न हुन्छ । भलै भन्नेहरूको मुखले भन्लान् कालिन्चोक युवा... Read More

दोलखाको बाँझो खेतबारीमा असर्फी फलाऔं

दोलखाको बाँझो खेतबारीमा असर्फी फलाऔं
हिजोआज चरिकोट सातदोबाटोबाट र टुँडिखेलको डिलबाट दोलखाको दक्षिणतिर नजर दौडाउँदा न त पहेँलपुर धानका फाँट देखिन्छ, न त हरियाली कोदोको नल सहित खैरो रंगको कोदोका कपनी झुलेको देखिन्छ, जे देखिन्छ त्यो स्वयं उम्रेका पोथ्रा र बुट्यानहरू मात्र । अनि कतै कतै धानको पराले कुन्यूँ र पूmङ्ग उडेका ढिस्काहरू मात्र । किसानको जीवन नै आनन्दमय संसार ठान्ने बुढापाकाका सन्तानहरू बालुवामा घाँस... Read More
1 2 3 4 5 9
error: Content is protected !!