Search

नाममा के छ ?

नाममा के छ ?
विख्यात नाटककार विलियम शेक्सपियरद्वारा लिखित नाटक रोमियो जुलियट्मा प्रसङ्गवश एउटा प्रश्न जुलियट्ले सोधेको छ कि “नाममा के छ ?” अर्थात् उनको भनाइमा नाम जे दिएपनि केही फरक पर्दैन, किनकि गुलाबको फूलको नाम जे दिएपनि आँखिर दिनुपर्ने बासना स्वेच्छिक गुण जनाएर सुगन्ध दिइहाल्छ । त्यस्तै कालेलाई गोरे बहादुर या गोरोलाई काले बहादुर नाम राखेर केही फरक पर्दैन, फरक हुनेछैन पनि ।... Read More

दोलखामा कृषि केन्द्र एक अवधारणा

दोलखामा कृषि केन्द्र एक अवधारणा
कृषि प्रधान देशको नामले ख्याती प्राप्त देश नेपाल । यहाँको जनसंख्याको पैसठ्ठी प्रतिशत बढी जनसंख्याको जिउँने आधार र पेशा कृषि नै रहेको छ । यसरी मुलुकको अर्थतन्त्रको ३० प्रतिशत आम्दानी कृषिबाटै नै भएको पाईन्छ । तर सरकारको नेतृृत्व गरिरहेका जिम्मेवार व्यक्तित्वहरुले यसको प्रबद्र्धनमा चासो दिएको पाईन्दैन र ओठे प्रतिवद्धतामै सिमित रहेको पाईन्छ । बर्षो बर्षदेखी कृषिमा बजेट विनियोजन र कृषि... Read More

दोलखाको रास्नीको उकालो कस्को पर्खाईमा छ ?

दोलखाको रास्नीको उकालो कस्को पर्खाईमा छ ?
अजय प्रधान,दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २ स्थित अवस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिीकोणले प्रसिद्ध एवम् रमणीय नगरपालिका भित्रको दोलखा शहरको आफ्नै विशेषता र ऐतिहासिक मौलिकता रहेको छ । यसले भीमेश्वर नगरपालीका अनी सिङ्गो दोलखा जिल्लाको अस्थित्व राखेको छ । त्यही अस्थित्व राखेको मध्यमागको रास्नीको उकालो बाटो स्थानिय वासिन्दाहरुको बसोबास नै छैन की भन्ने जस्तो गरी... Read More

अषाढ १५, दहि चिउरा खानेदिन, दोलखा अनी नित्पुल खेत

अषाढ १५, दहि चिउरा खानेदिन, दोलखा अनी नित्पुल खेत
अनेकौं चाडपर्व रहनसहन र सामाजिक रीतिरिवाजको सेरोफेरोमा रहेको दोलखाको अतीत सम्झिंदा वर्तमान रोएको आभास छ । यतिबेला दोलखाको घुमटाडा परिसर, देगलचाटाडा परिसर, घटासी चौतारी परिसरमा असारे गीत गुञ्जिदै होलान्, तार्थलीका राउत दिदीबहिनीले गाएका असारे गुञ्जनहरु, फुलपा डाँडागाउँका बस्नेत चेलीबेटीका सुरिलो स्वर, नेगल स्वाक्लोका तामाङ दिदीबहिनीको सेलोले गुञ्जायमान होलान्, राम्पा डोकथलीका दाहाल, सुवेदी दिदीबहिनीका लोकभाकाहरु… सुकिलो जीउ, हातमा बीउ रोपौं धान... Read More

बगरमा बदलियो त्यो मेलम्ची बजार !

बगरमा बदलियो त्यो मेलम्ची बजार !
बालकृष्ण श्रेष्ठ “पासा”एकाबिहानै खबर आयो मेलम्ची डुब्यो रे ! हेलम्बु छोप्यो रे ! तिम्बु, चनौटी र याङ्दी बालुवा र लेदो माटोमा विलुप्त भयो रे ! सबैको मुखबाट “ला, बिचरा, मान्छेलाई के भयो होला ? कहाँ गए होलान् ? मेरा मान्छे उतै थिए‘ मेरा साथीहरू ट्राउड माछा खान गएका थिए । च्व च्व च्व भन्दै विरक्त र उदासीन अनि वेदनाले भरिएको... Read More

ल्वाङ–कपुरले अक्सिजन बढ्दैन : विज्ञ

ल्वाङ–कपुरले अक्सिजन बढ्दैन :  विज्ञ
सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराउनुभएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउनुभयो ।... Read More

निषेधाज्ञा सही या गलत !

निषेधाज्ञा सही या गलत !
देशमा समय र परिस्थितिको कारणले नेपाल सरकारले उपत्यका लगायत करीब २३ जिल्लामा निषेधाज्ञा जारी गराएको छ । यो वास्तविक रुपमा बाध्यता हो सरकारको लागि, किनकि यदि आम जनसमुदायमा समय र परिस्थितिलाई बुझेर अनुशासितता झल्काएको भए शायद सरकारले यो कदम उठाउने थिएन होला । आम नागरिकमा चेतना भैदिएको भए आज यो दुर्दशा भोग्नुपर्ने अवस्थाको सृजना हुनेपनि थिएन । कोभिड–१९ एउटा खतरनाक... Read More

यो समय गजुर र भवन शिलान्यास गर्ने बेला होईन ।

यो समय गजुर र भवन शिलान्यास गर्ने बेला होईन ।
अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व आक्रान्त छ । संक्रमणको दोस्रो लहरले नेपालमा पनि भयावहको स्थिती बन्दैछ । मैंले संसद मार्फत पटक पटक सरकारलाई सुझाव दिएको हुँ । चैत १८ गते शुरु भएको संसदमा मैंले प्रष्ट रुपमा कुरा राखेको छु । संक्रमण फैलिन नदिन मैंले बुझेको र जानेको सुझाव दिंदै आएको हुँ । स्थिति भयावह हुन सक्छ भनेर सचेत पनि... Read More

धरहरा बन्यो योजना बाँकी नै..

धरहरा बन्यो योजना बाँकी नै..
बालकृष्ण श्रेष्ठ “पासा”आजभन्दा ठिक ६ वर्ष अगाडि अर्थात् २०७२ साल बैशाख १२ गतेको शनिवारको मध्य दिन १२ बजेर ५४ मिनेट जादा एक्कासी जमीन हल्लेको कम्पन आयो । जुन महाविनास भुकम्प आएको थियो । यसले देशलाई अकल्पनीय घटना दुर्दशा बनेर घटेको सम्झना गराई दिन्छ । सम्झिदा यस्तो लाग्छ कि जानेर नजानेर भएपनि पूर्वजन्ममा कुनै कल्याणकारी धर्म गरिएको थियौं होला । त्यसैले... Read More

पारिवारिक पृष्ठभूमिमा नारी

पारिवारिक पृष्ठभूमिमा नारी
कल्पना श्रेष्ठ महर्जनपौराणिक कालदेखिको ग्रन्थमालामा हेर्दा पनि महिलालाई जननी अर्थात् आमाको रुपमा जति चर्चा र सम्मान गरिएको भए पनि काकी, फूपु, ठूलीआमा, सानीआमा, आमाजु, जेठानी, देवरानी, भाउजू, नन्द आदि ईत्यादि नातामा केही उतारचढाव भएको पाईन्छ । चाहे महाभारत ग्रन्थमा होस् या रामायणमा, कृष्ण चरित्रमा होस् या भागवत् गीतामा, कतै न कतै कुनै न कुनै तवरले आमा र अरु साइनोमा फरक... Read More
1 2 3
error: Content is protected !!