Search

भक्तपुर राँगो दौडाउने जात्राको तयारी सुरु

भक्तपुर राँगो दौडाउने जात्राको तयारी सुरु
नेपाल सम्वत् ११४४, गुंलाथ्वः ३ (२३ साउन, २०८१) बुधबार, बाँपीझ्याला । भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् (राँगो दौडाउने) जात्राको तयारी सुरु गरिएको छ । खःमेय् जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । जात्राका लागि आवश्यक खःमेय् अर्थात राँगोलाई नालाबाट ल्याई नवदुर्गा मन्दिरमा राखिएको छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र... Read More

आईसीसी टी- २० : भारत फाइनलमा

आईसीसी टी- २० : भारत फाइनलमा
नेपाल सम्वत् ११४४ तछलागाः ७, शुक्रबार, सप्तमी (१४ असार, २०८१) बाँपिझ्याला । भारत आईसीसी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलमा इङ्‌ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्‌ल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको थियो । यसअघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट... Read More

अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट

अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट
नेपाल सम्वत् ११४४, तछलागाः ६ षष्ठी (१३ असार, २०८१) बिहीबार बाँपिझ्याला । अफगानिस्तान दक्षिण अफ्रीकाविरुद्ध ५६ रनमा अल आउट भएको छ । जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको हो । अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन... Read More

भक्तपुरमा शनिबार ‘वः फेस्टिबल’

भक्तपुरमा शनिबार ‘वः फेस्टिबल’
२६ जेठ, बाँपीझ्याला, काठमाण्डौँ ।नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा ‘वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो-२०२४’ आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो । मध्यपुरथिमि नगरपालिका-७ नगदेशको प्रांगणमा मेला आयोजना हुनेछ । मेला बिहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म सञ्चालन हुने छ... Read More
बाँपीझ्याला, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रीको तयारी तीव्र पारिएको छ । मन्दिर परिसरमा रङ रोदनको काम धमाभम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्री पर्व मनाइँदै छ । महाशिवरात्रीका लागि छिमेकी देश भारत, श्रीलंका लगायतबाट साधुसन्तहरुसमेत नेपाल आउने क्रम जारी रहेको छ । यसरी आउने साधुहरुलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रीका अवसरमा पशुपतिनाथको... Read More

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

माघेसङ्क्रान्ति नजिकिँदै जाँदा किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइ नभ्याइ
२६ पुस, बाँपीझ्याला, काठमाडौँ । माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो। माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र... Read More

थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल

थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल
१७ पुस, बाँपीझ्याला, काठमाडौँ । माघेसङ्क्रान्ति अर्थात् थारु जातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ । थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । थारु... Read More

देशभर विवाह पञ्चमी पर्व मनाइँदै

देशभर विवाह पञ्चमी पर्व मनाइँदै
बाँपीझ्याला, काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको... Read More

जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु

जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु
७ मंसिर, बाँपीझ्याला, काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । सात दिनसम्म मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन रहेको छ । आजको दिन जानकी मन्दिर प्रांगणमा बालबालिकालाई राम र लक्ष्मणको स्वरुप... Read More

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र
३० कात्तिक, बाँपीझ्याला, काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । मंसिर ७ गतेदेखि १३ गतेसम्म विधिवत रुपमा सीताराम विवाहपञ्चमी भव्यरुपमा मनाउने गरी तयारी गरिएको जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले बताए ।... Read More
1 2 3 6
error: Content is protected !!