Search

एनएसएल सुपर लिग- आज दुईवटा खेल हुँदै

एनएसएल सुपर लिग- आज दुईवटा खेल हुँदै
६ पुष, बाँपीझ्याला, काठमाण्डौं । एनएसएल सुपर लिगमा चार टोलीबीच प्रतिस्पर्धा हुँदैछ । जसअनुसार पहिलो खेल धनगढी फुटबल क्लव र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल झापा फुटबल क्लव र चितवन फुटबल क्लवबीच प्रतिस्पर्धा हुने बताइएको छ । पहिलो खेल दिउँसो १ बजेवाट सुरू हुँदैछ भने दोस्रो खेल ५ बजेबाट सुरू हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । Read More

भीमेश्वर नगरपालीका वडा नं. ५ को आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगीताको आयोजना गर्दे

भीमेश्वर नगरपालीका वडा नं. ५ को आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगीताको आयोजना गर्दे
५ पुष, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा यही पुष १४ गते देखि जिल्ला स्तरीय मावि छात्र फुटबल प्रतियोगीताको आयोजना हुने भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा प्रथम वडा अध्यक्ष कप जिल्ला स्तरीय माध्यमिक स्तरको छात्र फुटबल प्रतियोगीता आयोजना गर्न लागिएको छ भनी वडा अध्यक्ष बासु श्रेष्ठ बाँपीझ्याला डटकमलाई बताउनु भयो... Read More

मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी डाँडाखर्क माविलाई

मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी डाँडाखर्क माविलाई
२ पौष, बाँपीझ्याला, दोलखा । दोलखाको दक्षिणी मेलुङ गाउँपालिकामा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधीमा डाँडाखर्क माविले हात पारेको छ । लगातार तेस्रो जितसँगै डाँडाखर्कले रनिङ शिल्ड पूर्ण रुपमा आफनो बनाएको छ । यस पटकको प्रतियोगितामा उक्त विद्यालयले ९ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल १७ पदक प्राप्त गर्यो । त्यस्तै ५ स्वर्ण, ८ रजत र ४... Read More

नेपाल सुपर लिग: काठमाडौं रेजर्स र धनगढी एफ.सी.भिड्ने

नेपाल सुपर लिग: काठमाडौं रेजर्स र धनगढी एफ.सी.भिड्ने
२ पौष, बाँपीझ्याला, काठमाण्डौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार काठमाडौं रेजर्स र धनगढी एफ.सी.भिड्नेछन् । खेल साँझ ६ बजे दशरथ रंगशालमा हुनेछ । रंगशालामा आइतबार त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आयोजना गरिएकाले हिजो हुनुपर्ने धनगढी र काठमाडौंको खेल आजका लागि सारिएको हो । आजको खेल जित्दै धनगढी अंक तालिकामा आफ्नो अग्रता बलियो पार्न चाहन्छ । तर काठमाडौं पनि आजको... Read More

बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि

बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि
१ पौष, बाँपीझ्याला, काठमाण्डौं । बंगलादेशले पहिलो पटक एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा आज सम्पन्न फाइनलमा बंगलादेशले घरेलु टोली यूएईलाई १ सय ९५ रनले पराजित गर्दै बंगलादेशले पहिलोपटक यू-१९ एसिया कपको उपाधि चुमेको हो । बंगलादेशले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा यूएईले २४ ओभर ५ बलमा... Read More

लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा

लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा
२९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । लिओनल मेसीले सन् २०२२ को विश्वकप दौरान लगाएका ६ जर्सी न्युयोर्कमा भएको सोथबी अक्सनमा कूल ७.८ मिलयन अमेरिकी डलरमा लिलामी भएको छ । मेसीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई फाइनलमा पेनाल्टी सुटआउटमा हराएर विश्वकप जितेको थियो । मेसीले फाइनल, सेमिफाइनल, क्वाटरफाइनल, अन्तिम १६ र समह चरणको दुई खेलमा लगाएका ६ जर्सी अक्सनमा बिक्री भएको छ । डिएगो... Read More

नेपाल सुपर लिग : आज वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दै

नेपाल सुपर लिग : आज वीरगञ्ज युनाइटेड र स्पोर्टीङ इलाम भिड्दै
२७ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ। खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अंक तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछारभन्दा माथि छ । ४ अंक जोडेको इलामले अहिलेसम्म ५ खेल खेलेकोमा एकमा जित तथा एकमा बराबरी र तीनमा हार व्यहोरेको छ । यस्तै वीरगञ्जले... Read More

यू-१९ एशिया कप : आज नेपालले भारतको सामना गर्दै

यू-१९ एशिया कप : आज नेपालले भारतको सामना गर्दै
२६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुने छ । यस प्रतियोगितामा नेपालले आफ्ना सुरूका दुवै खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार ब्यहोरेको थियो... Read More

यू–१९ एसिया कप : आज नेपाल र अफगानिस्तान भिड्दै

यू–१९ एसिया कप : आज नेपाल र अफगानिस्तान भिड्दै
२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल... Read More

लिभरपुल २–१ गोलले विजयी

लिभरपुल २–१ गोलले विजयी
२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । मोहम्मद शालाहले लिभरपुलका लागि २ सयौँ गोल गर्दा टोलीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा सीमित क्रिस्टल प्यालेसविरुद्ध पुनरागमन गरेको छ । शनिबार साँझ भएको खेलमा लिभरपुल २–१ गोलले विजयी बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५७ औँ मिनेटमा जिन फिलिपे माटेटाले पेनाल्टीमार्फत क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए ।... Read More
1 8 9 10 11 12 102
error: Content is protected !!