Search

पाँचौं मिस्टर काठमाडौं प्रकाश राईको हृदयघातका कारण निधन

पाँचौं मिस्टर काठमाडौं प्रकाश राईको हृदयघातका कारण निधन
नेपाल सम्वत् ११४४, ञलाथ्वः १४ (२ असोज, २०८१), बुधबार, बाँपीझ्याला । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ । बुधबार बिहान ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । फोनिक्स फिट्शालाका राईले केहीदिन अघि ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका... Read More

विश्वकप लिग-२ : आज नेपालले ओमानको सामना गर्दै

विश्वकप लिग-२ : आज नेपालले ओमानको सामना गर्दै
नेपाल सम्वत् ११४४, ञलाथ्वः १३ (१ असोज, २०८१) मंगलबार, बाँपीझ्याला। नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँदै छ । सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ ।... Read More

आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित

आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित
नेपाल सम्वत् ११४४ यंलाथ्वः १४ (१ आश्विन , २०८१) मंगलबार, बाँपीझ्याला । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गएराति भएको खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो ।... Read More

भीमबहादुर स्मृति नेविसंघ फुटबलको उपाधी शहीद आवासीय माविले हात पा¥यौ

भीमबहादुर स्मृति नेविसंघ फुटबलको उपाधी शहीद आवासीय माविले हात पा¥यौ
नेपाल सम्वत् ११४४, ञलाथ्वः १३ (३१ भाद्र, २०८१) सोमबार, बाँपीझ्याला, दोलखा । शहीद आवासीय माध्यामिक विद्यालय जिरीले दिवंगत भीम बहादुर स्मृति नेविसंघ फुटबल प्रतियोगिता २०८१ को उपाधि हात पारेको छ । सदरमुकाम चरिकोट स्थित भीमेश्वर रङ्गशाला (टुरिखेल) मा गत २५ गते संचालन भएको खेलमा आज सोमबार अल्पाइन पब्लिक स्कुललाई ३–० गोल अन्तरले हराउदै उपाधि हात पार्न सफल भएको हो ।... Read More

यमलको दुई गोलले जिरोनामाथि बार्सिलोनाको शानदार जित

यमलको दुई गोलले जिरोनामाथि बार्सिलोनाको शानदार जित
नेपाल सम्वत् ११४४ यंलाथ्वः १३ (३१ भाद्र, २०८१) सोमबार, बाँपीझ्याला । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ । गएराती भएको खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए । त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए । त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले... Read More

आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित

आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित
नेपाल सम्वत् ११४४, ञलाथ्वः १३ (३१ भाद्र, २०८१), सोमबार, बाँपीझ्याला । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो यस सिजनमा आर्सनलको तेस्रो जित हो । ४ खेलमा... Read More

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी

पहेलो कार्डको किर्तिमान बनेको खेलमा चेल्सी विजयी
नेपाल सम्वत् ११४४ यंलाथ्वः १२ (३० भाद्र, २०८१) आइतबार, बाँपीझ्याला । चेल्सीले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ८६औँ मिनेटमा क्रिस्टोफर एनकुनकुले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस गोलका लागि आफ्नो डेभ्यु खेल खेलिरहेका जार्डन सान्चोले असिस्ट... Read More

फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित
नेपाल सम्वत् ११४४ यंलाथ्वः १२ (३० भाद्र, २०८१) आइतबार, बाँपीझ्याला । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । mपिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । यो जितपछि... Read More

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : खेलकुदमन्त्री चौधरी
नेपाल सम्वत् ११४४, ञलाथ्वः १२ (३० भाद्र, २०८१) आईतबार, बाँपीझ्याला । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा आयोजना गरिएको छ । १०औं राष्ट्रिय खेलकुदका... Read More

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी

अस्ट्रेलियामाथि इङल्याण्ड ३ विकेटले विजयी
नेपाल सम्वत् ११४४ यंलाथ्वः ११ (२९ भाद्र, २०८१) शनिबार, बाँपीझ्याला । टी-२० सिरिजको दोस्रो खेलमा इङल्याण्डले अस्ट्रेलियालाई पराजित गरेको छ । गएराती भएको खेलमा इङल्याण्डले अस्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको इङल्याण्डले १९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । इङल्याण्डको जितमा लियम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाएका थिए भने जाकोब बेथेलले... Read More
1 2 3 116
error: Content is protected !!