Search

आज दोलखाको एक विशेष दिन “भूमीराजा”

आज दोलखाको एक विशेष दिन “भूमीराजा”
अनेकौं रीतिरिवाज र परम्परागत परिधिभित्र रहेको दोलखा नगर भित्र आज एक विशेष छुट्टै तरिकाले औजार बिसाउने दिनको रुपमा लिने गरिन्छ । अर्थात् आजको दिनलाई भूमिराजा भनेर स्थानीय कृषकहरूले औजार बिसाएर आराम गर्ने गर्छन्, यसको मतलब आज खेतीपातीमा काम गरिने हलो, कोदालो, कोदाली, कुटो जस्तो फलामे औजारलाई बिसाउने गरिन्थ्यो, तर समय र विज्ञान युगको अपव्याख्या गरेर कसै कसैले यसलाई नमान्ने गरेका... Read More

सन्दर्भ अषाढ १, दोलखामा फेरप्रथा र यसको महत्व

सन्दर्भ अषाढ १, दोलखामा फेरप्रथा र यसको महत्व
कृषि प्रधान देशको एक धरातलीय स्वरुपमा नेपालको करीब ६५% भूमिमा खेतीपाती नै हुन्छ । जनसंख्याको दर बढ्दो हिसाबले केही भूभागहरु नासिंदै मासिंदै शहरीकरण हुँदै जाँदा कतिपय ठाउँमा जग्गाको अभावले खेतीपाती नै नहुने अवस्थामा पुगेको छ । तर ऐतिहासिक शहर दोलखाको बस्ती भन्दा दक्षिणपश्चिमी भागमा भएको खेतका फाँटहरु भने अझैसम्म खेतीपातीकै रुपमा यथावत् रहेको छ । समयको फेरबदल संगै यहाँको अझ... Read More

प्लाष्टिक घर भित्र गोलभेडा खेती प्रविधि

प्लाष्टिक घर भित्र गोलभेडा खेती प्रविधि
परिचय गोलभेडाको उत्पति स्पानिस पछि अमेरीका र क्यानडामा भएको भनाई छ । गोलभेडा तरकारीको जातहरु मध्येमा र आय आर्जनको हिसावले सबैभन्दा महत्वपूर्ण बाली हो । यसको खेती तराई र भित्री मधेशमा हिउँदमा गरिन्छ भने पहाडमा बर्षात् तथा गर्मीमा गर्न सकिन्छ र साथै प्लाष्टिक घरको साहायताले पहाडमा यसको खेती बर्षै भरी गर्न पनि सकिन्छ । असार देखि कार्तिक सम्म उत्पादन गर्दा... Read More

काँक्रो खेती प्रविधि

काँक्रो खेती प्रविधि
परिचय :लहरे वाली अन्तर्गत पर्ने यो वालीमा ९० प्रतिशत भन्दा बढि पानीको मात्रा हुनाले गर्मी समयमा उपभोक्ताले धेरै रुचाउने गर्दछन् । प्लाष्टिकको सुरुङ्गमा जाडोको समयमा उत्पादन गर्दा राम्रो आम्दानी गर्न सकिन्छ । यसमा अन्य तरकारीको तुलनामा पौष्टिक तत्व नपाएता पनि भिटामिन बी र सी केहि मात्रामा पाईन्छ र साथसाथै यसको उपभोगले ग्यास्ट्रिक र कब्जियतको लागि फाइदा पुग्दछ । हावापानी :६०–१५००... Read More

कृषिजन्य प्राङ्गारिक खेतीको लागि आवश्यक कुरा तथा प्रविधिहरु

कृषिजन्य प्राङ्गारिक खेतीको लागि आवश्यक कुरा तथा प्रविधिहरु
परिचयकृषिजन्य प्राङ्गारिक खेती भन्नाले माटोको वनावटलाई नखल्बलाई र माटोलाई जिवित राख्ने गरी प्राङ्गारिक पदार्थहरू प्रयोग गरेर आधुनिक तरिकाबाट कृषिजन्य वाली उत्पादन गर्ने उद्देश्यले गरिने खेती नै कृषिजन्य प्राङ्गारिक खेती हो । यसमा विभिन्न किसिमका खेर गएका प्राङ्गारिकहरूलाई उपयोग गरेर कृषिजन्य बालीको खेती गर्न सकिन्छ जस्तैः वाली विरुवाका अवशेषहरु, पशु तथा फार्महरुबाट खेर गएका अवशेषहरू हुन् । त्यस्तैगरी अन्य जैविकबाट बनेका... Read More

जनयुद्धदेखि कृषि व्यवसायसम्म ललितको सङ्घर्ष

जनयुद्धदेखि कृषि व्यवसायसम्म ललितको सङ्घर्ष
बाँपीझ्याला, अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै विसं २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए । विसं २०५४ मै सङ्गठित भए पनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने थापा पहिलो हुन् । त्यसपछि थापाका तीन भाइ, एक बहिनी पनि माओवादीमा भूमिगत भए । गाउँसंँगै जोडिएको कैलाशखोलाको किनारमा आमाबुवाले सञ्चालन गरेको चिया... Read More

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्भव
३० कात्तिक, बाँपीझ्याला, काठमाडौँ । नेपालमा रासायनिक मल कारखानाको सम्भावना रहेको निष्कर्ष कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निकालेको छ । तत्कालिन सचिव राजेन्द्र भारीको संयोजकत्वमा रासायनिक मल कारखानाको सम्भाव्यतामा अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेपालमा बिजुलीको प्रविधिबाट मल कारखाना स्थापना तथा संचालन सम्भव भएको प्रतिवेदन बुझाएको छ । यसका साथै, बायोमास ग्यासिफिकेसन तथा जलविद्युत्तीयहाइब्रिड प्रविधिबाट पनि नेपालमा... Read More

पर्वतमा यस वर्ष सुन्तला उत्पादन बढ्ने

पर्वतमा यस वर्ष सुन्तला उत्पादन बढ्ने
बाँपीझ्याला, पर्वत । पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष ३ हजार ६ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ५ प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ८... Read More

प्लास्टिकका भाँडा निर्माण भएपछि सङ्कटमा कुमाल समुदायको पुख्र्यौली पेशा

प्लास्टिकका भाँडा निर्माण भएपछि सङ्कटमा कुमाल समुदायको पुख्र्यौली पेशा
२० कात्तिक, बाँपीझ्याला, जलेश्वर । प्रदेश नं २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाडा बनाउने पुख्र्यौली पेशा हाल सङ्कटमा पर्न थालेको छ । परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुम्हाले समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका सामग्री बिक्री हुन छाडेपछि... Read More

स्वास्थ्यको लागि कौसी खेती प्रविधि

स्वास्थ्यको लागि कौसी खेती प्रविधि
परिचयआफ्नो घरको कौसी, बरण्डा, छत आदि स्थलमा आपूmलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरु जस्तै तरकारी, फलफुल, मसलाबाली आदिको खेती गर्ने प्रविधिलाई कौसी खेती भनिन्छ । विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा हुँदैन तथा जग्गाको अभावले घर मात्र अवस्थित हुन्छ त्यस्तो घरको कौसी, बरण्डा, भित्ता आदि स्थलमा पनि विभिन्न प्रकारका बालीहरु सजिलैसंग उत्पादन गरी उपभोग गर्न सकिन्छ... Read More
1 2
error: Content is protected !!