Search

तौथली ढोक पायातः र दहिजात्रा

तौथली ढोक पायातः र दहिजात्रा
भेषबहादुर श्रेष्ठ, तौथली मानव सभ्यता र संस्कृति एक अर्काको परिपुरक हो । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । कुनै संस्कृति विभिन्न माध्यमबाट समानान्तर रुपमा संसारभर फैलन्छ भने कुनै संस्कृतिले निश्चित ठाउँ बिशेष र समुदाय बिशेषमा जिबन्त पाएको हुन्छ, जुन निकै दुर्लभ, अनौठो र बिशेष हुने गर्दछ । त्यस्तै संस्कृति सिन्धुपाल्चोक जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका ५ तौथलीमा रहेको दहिजात्रा पनि एक हो... Read More

ऐतिहासिक नगरी दोलखामा मनाइने खड्ग जात्रा (एकादशी)

ऐतिहासिक नगरी दोलखामा मनाइने खड्ग जात्रा (एकादशी)
तिर्थनारायण जोशीभीमेश्वर नगरपालिका– २, ड्वाकुलङा, दोलखा । बडा दशैँको एघारौँ दिन एकादशीको विहान मिरमिरेमा नै कोर्छेँ टोलबाट देशमा नै नभएको बाजा (विशेष किसिमको घुन) बजाएर दोलखाका पौराणिक बाजा समुहका कालाकर्मीहरु माथिल्लो विहार्छे, तल्लो विहार्छे, डाँडाथोकमा खड्ग धारीलाई लिन आउँछन् । सोहि क्रममा माथिल्लो विहारछेँका पालो पर्ने खड्गधारी (खाँरो) खलकले दोलखाका पौराणिक बाजा समुहका कालाकर्मीहरुलाई भोज खुवाउनु पर्छ, भोज खाई सकेपछि... Read More

दोलखामा विजया दशमी (टिका) र यसको मौलिकता

दोलखामा विजया दशमी (टिका) र यसको मौलिकता
भरत श्रेष्ठ, दोलखाकालरात्रीमा तलेजु मन्दिरमा रहेका गुठीयार, पुजारीहरु लगायत पिङ्गलबाट आएका डोवर खसी (गम्बिर खड्ग) बाजागाजाका साथ मध्य रात (१२ बजे) राइती गएर चोखो पानी थापी ल्याउँछन् । तलेजु भवानीमा पुगेर गणेश स्थानमा पुजा गर्न पूजा सामाग्री तयार गरी बोका पर्साएर गणेश थान पूजा गर्न बाजागाजा सहित जान्छन् । बीचबाटो (राइतीको नारायण स्थान) पुगेर त्यहाँ पिङ्गलको गम्बीर खड्गलाई पर्खेर बसेको... Read More

प्राचीन शहर दोलखा देवीहरूको थलो …..

प्राचीन शहर दोलखा देवीहरूको थलो …..
समयान्तर परिवर्तन संगै देशको व्यवस्थापिका परिमार्जन भएर क्षेत्रको नाम पनि अदलबदल भएको छ हाम्रो सावैभौम राष्ट्र नेपालमा । पहिले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल भई पाँच विकास क्षेत्रमा विभाजित थियो देशको सर्वाङ्गीण विकास गर्न सहज होर् भनेर तत्कालीन राजा वीरेन्द्रले । अहिले व्यवस्था परिवर्तनको संगसंगै संघीय प्रणालीको हिसाबले ७ वटा प्रदेश क्षेत्रमा विभक्त गरिएको छ । पहिले सदरमुकाम... Read More

प्राचिन शहर दोलखामा बडा दशैं : घटस्थापना देखि कोजाग्रत पूर्णीमासम्म

प्राचिन शहर दोलखामा बडा दशैं : घटस्थापना देखि कोजाग्रत पूर्णीमासम्म
आश्विन शुक्ल (दुर्गा) पक्ष परेवा घटस्थापनाका दिन देखि कोजाग्रत पूर्णिमाका दिन सम्म दोलखामा धुमधामका साथ बडादशैैं मनाइन्छ । दशैंको अगमन सङ्गै दोलखाका नेवार समुदायहरुले आ–आफ्नो घर आँगन सफा सुग्गर गरी, रङ्ग–रोगन गरी दशैंको लागी चाहिने सामग्रीहरु बन्दोवस्त गरी दशैं मनाउने तयारीमा लाग्छन् । घटस्थापनाका दिन देखि बाह् कुसुले दुई कसाहीको मनमोहक मालश्री धुनको बाजा सँग सँगै बडादशैं प्रारम्भ हुन्छ ।... Read More

दसैंको सेरोफेरोमा हामी, आज घटस्थापना

दसैंको सेरोफेरोमा हामी, आज घटस्थापना
खाउँला पिउँला !कहाँबाट ल्याउँला, चोरी ल्याउँला ! !धत् पापी म त छुट्टै बसौला ! ! ! हिन्दूहरूको महान चाड दसैं अधिकांश क्षेत्रमा धुमधामका साथ मनाउन तैयारी गरिरहेको अवस्थामा दोलखामा पनि दसैंको चटारो परिरहेको होला, समयको कालखण्डले कहिले कोरोना त कहिले डेंगुको प्रकोप अनि कतै भयावह दुर्घटनाले आक्रान्त पारेको हुँदो हो । कसैको छोराछोरी विदेशमा भएको कारणले मन उदासिँदा हुन्, कसैका... Read More

आजदेखि सोह्श्राद प्रारम्भ

आजदेखि सोह्श्राद प्रारम्भ
बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ । दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन... Read More

दोलखाको वज्रधर बुद्धको मूर्ति (राजा) किन इन्द्र जात्रामा निस्केनन् ?

दोलखाको वज्रधर बुद्धको मूर्ति (राजा) किन इन्द्र जात्रामा निस्केनन् ?
करीब २८ वर्ष पछि स्वदेश फिर्ता भएको वज्रधर बुद्धको मूर्ति यसपालिको इन्द्र जात्रा (हाथ्वँ ब्वकेये जात्रा)मा प्रदर्शनमा राखिएन । जसलाई स्थानीय सम्बन्धित गुठियारहरूले ‘कोर्छेँमिको राजा’को रूपमा पुज्दै आएका छन् । उनीहरू यो मूर्तिको आकृतिलाई वज्रधर बुद्ध भन्न चाहँदैनन् । यो सत्य यथार्थ हो कि प्राचीन शहर दोलखाको इतिहास केलाउँदा कीर्तिसिंह राजा भन्दा पहिलेदेखि नै एउट अलग्गै आधिपत्य राज्य थियो दोलखा... Read More

प्राचिन शहर दोलखामा ईन्द्रजात्रा र मूर्ति पूजा

प्राचिन शहर दोलखामा ईन्द्रजात्रा र मूर्ति पूजा
ती दिनहरूको याद आउँछ यतिबेला । दोलखाको यो ईन्द्रजात्रा पर्व । तर ईन्द्रजात्रा नै भनेर चाहिँ धेरै वर्ष पछि मात्रै थाहा भयो । हामी अर्थात् म सानो छँदा यो जात्रालाई हाम्रो स्थानीय मौलिक मातृभाषामा ‘हाँथो ब्वकेय् नखत’ र ‘मेम्सिं स्वाङ’ जात्राको रुपमा जान्दथ्यौँ । यसको अर्थ सामान्य हिसाबले बुझ्दा अलिकति व्याख्यात्मक ढंगले प्रस्तुत गर्नुपर्ने देखिन्छ । यो ईन्द्रजात्राको बेलामा दोलखाको... Read More

इन्द्रजात्रा या ‘येँदला पुनिस्’ या ‘येँया पुन्हि’मा मानवीय शक्ति

इन्द्रजात्रा या ‘येँदला पुनिस्’ या ‘येँया पुन्हि’मा मानवीय शक्ति
नेपालको इतिहासमा किरातकालीन सभ्यतादेखि नै संस्कृति र परम्पराको जग बसेको विभिन्न ग्रन्थ र पुस्तकमा देखिए पनि हाल आदिवासीको रूपमा पहिचान हुँदै आएको नेवार समुदायमा लिच्छवीकालीन सभ्यतादेखि विभिन्न पर्व र जात्रा फस्टाउँदै आएको देखिन्छ । हरेक जात्रासँग कुनै न कुनै देवी देवतासँग सम्बन्ध रहेको पाइन्छ । हरेक देवी देवतासँग केही न केही तन्त्रमन्त्रको कुरा गाँसिएको हामी पाउन सक्छौँ । यसको अर्थ... Read More
1 2 3 4 5 19
error: Content is protected !!