Search

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह

आज हरिबोधनी एकादशी ब्रत–तुलसी विवाह
चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो र महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । वैदिक सनातन धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको... Read More

छठ पर्व र यसको मौलिकता

छठ पर्व र यसको मौलिकता
छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ । यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ ।... Read More

पर्यटकिय धार्मीक गन्तव्य : एक शिला तिन अवतार दोलखा भीमेश्वर

पर्यटकिय धार्मीक गन्तव्य : एक शिला तिन अवतार दोलखा भीमेश्वर
प्राचिन शहर दोलखा भित्रका सम्पदा दोलखा भिमेश्वर, कालि मन्दिर, त्रिपुरासुन्दरी, बनारसी महादेव, नाट्यश्वर मन्दिर, भैरव कुमारी छेँ, गणेश मन्दिर, नारायण मन्दिर, महादेव मन्दिर, तलेजु भवानी मन्दिर, नेपालको पहिलो चाँदीको मुद्रा र टक्सार घर, मुद्रा संग्राहलय, राईती तिनधारा, मच्छिन्द्रनाथको रथजात्रा, हिलेजात्रा, सा–प्याखन, ट्वाकल प्याखन, खरिप्याखन, भैरवकुमारी जात्रा, खड्गजात्रा, सहधारा–प्रातकालिन एक महिने माधवनारायण भजन किर्तन, सरस्वती थान (मञ्जुश्री) पद्मबुद्ध महाविहार, चम्पूजा हरियाली... Read More

तौथली ढोक पायातः र दहिजात्रा

तौथली ढोक पायातः र दहिजात्रा
भेषबहादुर श्रेष्ठ, तौथली मानव सभ्यता र संस्कृति एक अर्काको परिपुरक हो । सभ्यतासँग संस्कृति जोडिएको हुन्छ । कुनै संस्कृति विभिन्न माध्यमबाट समानान्तर रुपमा संसारभर फैलन्छ भने कुनै संस्कृतिले निश्चित ठाउँ बिशेष र समुदाय बिशेषमा जिबन्त पाएको हुन्छ, जुन निकै दुर्लभ, अनौठो र बिशेष हुने गर्दछ । त्यस्तै संस्कृति सिन्धुपाल्चोक जिल्लाको त्रिपूरा सुन्दरी गाउँपालिका ५ तौथलीमा रहेको दहिजात्रा पनि एक हो... Read More

ऐतिहासिक नगरी दोलखामा मनाइने खड्ग जात्रा (एकादशी)

ऐतिहासिक नगरी दोलखामा मनाइने खड्ग जात्रा (एकादशी)
तिर्थनारायण जोशीभीमेश्वर नगरपालिका– २, ड्वाकुलङा, दोलखा । बडा दशैँको एघारौँ दिन एकादशीको विहान मिरमिरेमा नै कोर्छेँ टोलबाट देशमा नै नभएको बाजा (विशेष किसिमको घुन) बजाएर दोलखाका पौराणिक बाजा समुहका कालाकर्मीहरु माथिल्लो विहार्छे, तल्लो विहार्छे, डाँडाथोकमा खड्ग धारीलाई लिन आउँछन् । सोहि क्रममा माथिल्लो विहारछेँका पालो पर्ने खड्गधारी (खाँरो) खलकले दोलखाका पौराणिक बाजा समुहका कालाकर्मीहरुलाई भोज खुवाउनु पर्छ, भोज खाई सकेपछि... Read More

दोलखामा विजया दशमी (टिका) र यसको मौलिकता

दोलखामा विजया दशमी (टिका) र यसको मौलिकता
भरत श्रेष्ठ, दोलखाकालरात्रीमा तलेजु मन्दिरमा रहेका गुठीयार, पुजारीहरु लगायत पिङ्गलबाट आएका डोवर खसी (गम्बिर खड्ग) बाजागाजाका साथ मध्य रात (१२ बजे) राइती गएर चोखो पानी थापी ल्याउँछन् । तलेजु भवानीमा पुगेर गणेश स्थानमा पुजा गर्न पूजा सामाग्री तयार गरी बोका पर्साएर गणेश थान पूजा गर्न बाजागाजा सहित जान्छन् । बीचबाटो (राइतीको नारायण स्थान) पुगेर त्यहाँ पिङ्गलको गम्बीर खड्गलाई पर्खेर बसेको... Read More

प्राचीन शहर दोलखा देवीहरूको थलो …..

प्राचीन शहर दोलखा देवीहरूको थलो …..
समयान्तर परिवर्तन संगै देशको व्यवस्थापिका परिमार्जन भएर क्षेत्रको नाम पनि अदलबदल भएको छ हाम्रो सावैभौम राष्ट्र नेपालमा । पहिले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल भई पाँच विकास क्षेत्रमा विभाजित थियो देशको सर्वाङ्गीण विकास गर्न सहज होर् भनेर तत्कालीन राजा वीरेन्द्रले । अहिले व्यवस्था परिवर्तनको संगसंगै संघीय प्रणालीको हिसाबले ७ वटा प्रदेश क्षेत्रमा विभक्त गरिएको छ । पहिले सदरमुकाम... Read More

प्राचिन शहर दोलखामा बडा दशैं : घटस्थापना देखि कोजाग्रत पूर्णीमासम्म

प्राचिन शहर दोलखामा बडा दशैं : घटस्थापना देखि कोजाग्रत पूर्णीमासम्म
आश्विन शुक्ल (दुर्गा) पक्ष परेवा घटस्थापनाका दिन देखि कोजाग्रत पूर्णिमाका दिन सम्म दोलखामा धुमधामका साथ बडादशैैं मनाइन्छ । दशैंको अगमन सङ्गै दोलखाका नेवार समुदायहरुले आ–आफ्नो घर आँगन सफा सुग्गर गरी, रङ्ग–रोगन गरी दशैंको लागी चाहिने सामग्रीहरु बन्दोवस्त गरी दशैं मनाउने तयारीमा लाग्छन् । घटस्थापनाका दिन देखि बाह् कुसुले दुई कसाहीको मनमोहक मालश्री धुनको बाजा सँग सँगै बडादशैं प्रारम्भ हुन्छ ।... Read More

दसैंको सेरोफेरोमा हामी, आज घटस्थापना

दसैंको सेरोफेरोमा हामी, आज घटस्थापना
खाउँला पिउँला !कहाँबाट ल्याउँला, चोरी ल्याउँला ! !धत् पापी म त छुट्टै बसौला ! ! ! हिन्दूहरूको महान चाड दसैं अधिकांश क्षेत्रमा धुमधामका साथ मनाउन तैयारी गरिरहेको अवस्थामा दोलखामा पनि दसैंको चटारो परिरहेको होला, समयको कालखण्डले कहिले कोरोना त कहिले डेंगुको प्रकोप अनि कतै भयावह दुर्घटनाले आक्रान्त पारेको हुँदो हो । कसैको छोराछोरी विदेशमा भएको कारणले मन उदासिँदा हुन्, कसैका... Read More

आजदेखि सोह्श्राद प्रारम्भ

आजदेखि सोह्श्राद प्रारम्भ
बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ । दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन... Read More
1 2 3 18
error: Content is protected !!