Search

“गुँन्ला पुन्हिस” दोलखा विशेष पर्व !

“गुँन्ला पुन्हिस” दोलखा विशेष पर्व !
नेपाल राज्यभरमा आजको दिनलाई कतै जनैपूणिर्मा, कतै रक्षाबन्धन (राखी पूर्णिमा) त कतै कुण्ड मेलाको रुपमा मनाईन्छ ।विशेषतः यो पूर्णिमाको दिनमा नेपालभित्र रहेका अधिकांश कुण्डहरुमा मेला लाग्ने नै गरिन्छ । जस्तैः रसुवाको गोसाइँकुण्ड, काठमाडौंको साँखु शंखरापुर स्थित शिवपुरी पहाड संगैको मणिचूडको शिवकुण्ड, भक्तपुर जिल्लाको नगरकोट स्थित महादेव पोखरी, काठमाडौंको पशुपति क्षेत्र, ललितपुरको कुम्भेश्वर, मुगुको पाप कुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, जुम्लाको दान साँघु,... Read More

आज खीर खाने दिन साउन १५

आज खीर खाने दिन साउन १५
आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।संस्कृत भाषामा... Read More

आज आमाको मुख हेर्ने पर्व मनाइँदै

आज आमाको मुख हेर्ने पर्व मनाइँदै
बाँपीझ्याला, काठमाण्डौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने परम्परा छ । छोराछोरीले आज बिहानै... Read More

चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने

चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने
बाँपीझ्याला, काठमाडौँ । चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं।७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले... Read More

प्राचिन शहर दोलखामा द्येउचमारी पुनिस् (योमरी पुन्ही) र यसको मौलीकता

प्राचिन शहर दोलखामा द्येउचमारी पुनिस् (योमरी पुन्ही) र यसको मौलीकता
दोलखामा मनाइने ‘द्येउचा मारी पुन्हिस् (ठिला पुन्हिस्) नेवारहरूको प्राचीन शहर दोलखामा आजको पूर्णिमालाई ‘द्येउचा मारि पुन्हिस्’को रुपमा मानिए तापनि विशेष महत्व चाहिँ ‘ठिला पुन्हिस’ कै नामोच्चारण बढी नै गरिन्छ । यसमा पनि ‘ठि’को अर्थ अत्याधिक ठण्डी वा प्रचण्ड गर्मीले स्पर्श गरेको महशुस भएको अवस्थामा ‘ठिर’ शब्द प्रयोग भएको हो । जस्तो कि ‘चिकौला ठिर’ भन्नुको अर्थ जाडो महिनाले छोयो र... Read More

साकेला पर्व (उधौंली चाड) ! ठिला पुन्हिस् ! यःमरि (थिंला) पुन्हि ! धान्य पूर्णिमा !

साकेला पर्व (उधौंली चाड) ! ठिला पुन्हिस् ! यःमरि (थिंला) पुन्हि ! धान्य पूर्णिमा !
हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिनलाई विभिन्न जातीय समुदायले आ–आफ्नै तरिकाले परिभाषा दिएको पाइन्छ । जस्तो कि उपत्यकाको नेवारी समुदायमा यस दिनलाई ‘थिंला पुन्हि’ वा ‘यःमरी पुन्हि’ भन्ने गरिन्छ भने दोलखा जिल्लाको अति नै प्राचीन नगर अभयपुर दोलखामा भने यो दिनलाई ‘द्यउचा मारी पुन्हिस (ठिला पुन्हिस्)’ भनेर नामांकरण गरिएको छ । त्यस्तै किराँत वंशका अनुवंश राई, लिम्बुहरूले ‘उधौंली पर्व’ को... Read More

संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी–ठिला पुनीस पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाउँर्दै

संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी–ठिला पुनीस पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाउँर्दै
बाँपीझ्याला, काठमाण्डौं । संस्कृती र मौलिक परम्पराको धनी नेवार जातीको यःमरी पूर्णिमा पर्व हर्षोउत्लासका साथ मनाएका छन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार यो योमरी पुन्ही, ठिला पुनीस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । तर नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण रहेको छ... Read More

काठमाडौंका उपत्यकाका नेवार समुदायले मनाए कृषिमा आधारित पर्व सकिमा पुन्ही

काठमाडौंका उपत्यकाका नेवार समुदायले मनाए कृषिमा आधारित पर्व सकिमा पुन्ही
२३ कात्तिक, बाँपीझ्याला, काठमाडौं । काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् । काठमाडौं उपत्यकाका विचिन्न नेवारी बस्तीमा पनि नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र... Read More

भाइटीका-दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्व

भाइटीका-दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्व
फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य स्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्, सयपत्री र मखमली, घरको दायाँबायाँ ।पवित्र... Read More

आज कुकुर तिहार : हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो !

आज कुकुर तिहार : हजारौं वर्षअघि जंगली ब्वाँसोबाटै कुकुरको विकास भएको हो !
आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन। तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए? कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा साथ दिनु सामान्य हो। योबाहेक वैज्ञानिकहरूले कुकुर र मान्छेबीच भावनात्मक सम्बन्ध पनि भएको बताएका... Read More
1 2 3 4 12