नेपाल सम्वत् ११४५, बछलाथ्वः त्रयोदशी (२७ बैशाख, २०८२, १० मे, २०२५) शनिवार, बाँपीझ्याला दोलखा । साक्षात भगवान दोलखा भीमेश्वरमा ६ लाख ५८ हजार ४ सय ४० रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।
गत चैत्र २९ गते २०८१ देखि हिजो बैशाख २६ गते २०८२ सम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव युवा समाजसेवी राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले मासिक रुपमा भगवान भीमेश्वरमा भक्तजन महानुभावहरुले चढाएको भेटीहरु सार्वजनिक गर्दै आएको छ ।