Search

भीमेश्वर नगरपालीका वडा नं. ५ को भवन उद्घाटन

भीमेश्वर नगरपालीका वडा नं. ५ को भवन उद्घाटन

नेपाल सम्वत् ११४५, बछलाथ्वः द्वादशी (२६ बैशाख, २०८२, ९ मे, २०२५) शुक्रबार, बाँपीझ्याला । भीमेश्वर नगरपालिका वडा नं. –५ मा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको छ ।

नगरपालिकाको १ करोड १८ लाख बजेटमा निर्माण सम्पन्न भएको उक्त भवनको आज प्रदेशसभा सांसद भरतबहादुर केसीले उद्धघाटन गर्नुभएको हो ।

२०८० साल कात्तिकबाट निर्माण सुरु गरिएको वडा कार्यालय भवन गत चैतमा निर्माण सम्पन्न भएकोमा आज उद्धघाटन गरिएको वडाअध्यक्ष बासु श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार वडा कार्यालयको ज्येष्ठ नागरिक र अपांगमैत्री भवन बनेको छ ।

नुवाकोट भैरवी कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको साँढे २ तले भवनमा हलसहित १० वटा कोठा रहेको छ । वडाले आजैदेखि सुविधा सम्पन्न नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

भवन उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत विशखसेन ढकाल लगाएतको उपस्थिति रहेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!