Search

आज नेपाली महिला क्रिकेटले हङकङबिरूद्ध खेल खेल्दै

आज नेपाली महिला क्रिकेटले हङकङबिरूद्ध खेल खेल्दै

नेपाल सम्वत् ११४५, बछलाथ्वः द्वादशी (२६ बैशाख, २०८२, ९ मे, २०२५) शुक्रबार, बाँपीझ्याला । नेपाली महिला क्रिकेट टोलीले आज हङकङबिरूद्ध पहिलो खेल खेल्दैछ ।

आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज हङकङबिरूद्ध पहिलो खेल खेल्न लागेको हो ।

भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेको टोलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् । दोस्रो खेल भोलि बहराइनसँग खेल्नेछ ।

नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!