नेपाल सम्वत् ११४५ बछलाथ्वः ११ (बैशाख २५, २०८२ ) मे ८, २०२५ ,बिहिबार, बाँपीझ्याला ।इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आजको खेलमा पंजाब किंग्स र डिल्ली क्यापिटल्स खेल्दै छन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण मानिएको छ, किनभने प्लेअफ पुग्नको सम्भावनालाई बलियो बनाउन यी दुवैलाई जित आवश्यक रहेको छ । पंजाब किंग्स र डिल्ली क्यापिटल्सबीचको खेल धर्मशालामा हुने छ । आइपिएल यी दुई टोलीले आज सम्म ३३ खेल खेलेका छन् । ३३ खेलमा पंजाबले १७ खेलमा जितेको छ भने डिल्ली क्यापिटल्स १६ खेलमा जित हासिल गरेको छ ।
अंकतालीकामा पंजाब तेस्रो नम्बरमा रहेको छ । यसल ११ खेलमा ७ खेल जितेको छ । यस्तै डिल्ली क्यापिटल्स अंकतालीकामा पाँचौँ नम्बरमा रहेको छ । यसले समान खेलमा ५ खेलमात्रै जितेको छ । खेल नेपाली समयअनुसार साँझ ७:३० बजेबाट सुरु हुने भए पनि वर्षाकाकारण ढिलाई भएको छ ।
