सबै प्रश्नका उत्तर मौनमै छन्, जहाँ पूर्णता बस्छ, त्यही मौन जन्मिन्छ। रुख-बिरुवाले बोलेको छैन, तर सेवालाई बिर्सेका छैनन्, अन्नले मौनमै जीवन जोगाइरहेछ, न थाक्ने, न गुनासो गर्ने।
सूर्य मौन भएर प्रकाश दिन्छ, चन्द्रमा मौनमै सौन्दर्य छर्छ। आकाश मौनमै अनन्त ब्रह्माण्ड समेटेर बसेको छ।
मन्दिरको मूर्तिले कहिल्यै बोलेन, तर श्रद्धाले शब्दभन्दा धेरै अनुभूति दिलायो। पवित्र ग्रन्थले बोल्दैन, तर मौनमै गहिरा सन्देश दिन्छ।
सेवा गर्ने मौनमै रमाउँछ, र ज्ञानको खोज गर्ने ऋषिमुनि पनि मौनमै समाहित हुन्छ।
मौन बोल्दैन, तर सुन्छ—सबैभन्दा स्पष्ट, सबैभन्दा गहिरो। मौन बन्द गरिएका द्वार खोल्ने कुञ्जी हो। मौन आत्माको आवाज हो, जहाँ ईश्वर पनि कहिल्यै कराउँदैन—बस मौन