“मामा” को सम्झनामा … १९ बैशाख २०८२, शुक्रबार १३:२८ bampijhyala डा. अनिता श्रेष्ठ, दोलखा जिन्दगीको पहिलो अक्षरहजुरले नै देखाउनु भयो,क, ख, ग सँगै जीवनकोसाँचो मार्ग बताउनु भयो। बुबा सानै हुदा बित्दा पनिहजुरले नै बुबाको भूमिका लिनुभयो,घर हाम्रो जलेर खरानी हुदा,हजुरकै ओतले बाँच्न पायौं। बुबाले गर्नु पर्ने जति कर्म,हजुरले नै कर्तव्य सम्झेर गर्नुभयो,दुःखमा हाम्रो साथ बन्नु भयो,जीवनलाई फेरि अगाडि बढाउनुभयो। न अंक, न शब्द मात्र,हजुरले नै संस्कार भरिदिनुभयो,सत्कर्म, सच्चाइ र माया,हामीभित्र रोपिदिनुभयो। दशैं-तिहार हाम्रा लागिपढाइको चाड बनाउनु भयो,अन्धकारमा दीप बनेरहाम्रो भविष्य उज्यालो पार्नु भयो। आज हजुर हुनुहुन्न यहाँ,तर हजुरको सम्झना छ सधैं,अदृश्य साथ बनीहाम्रा पाइलामा छ हजुरकै छायाँ। हामी जे छौं, जे बन्यौं,हजुरकै शिक्षाले हो,हजुरको माया, त्याग र परिश्रमहाम्रो आत्मामा गहिरो गरिरहेछ। हजुरको आत्माले शान्ति पाओस्,हामी सधैं याद गरिरहनेछौं—हजुरको मुस्कान, हजुरको हृदयर हजुरको अमूल्य योगदान। Written by bampijhyala