Search

कर्ममै छ ज्ञानको द्वार

कर्ममै छ ज्ञानको द्वार

डा. अनिता श्रेष्ठ, दोलखा

कमण्डलु बोक्नु पर्छ भने मात्र ज्ञान खुल्छ तरु
हृदय सफा भएन भने,
कमण्डलुले के फरक पार्छ ररु

साँचो ज्ञान त खुल्छ
जब मनमा कुनै द्वेष हुँदैन,
कुनै लोभ हुँदैन,
र कर्महरू अरुलाई चोट नपुग्ने गरी गरिन्छ।

जति योग गर्‍यौ,
ध्यान बस्यौ,
प्राणायाम गर्‍यौ,
त्यो त आत्मा सफा पार्ने माध्यम हो —
अन्तिम चिज होइन।

अन्तिम चिज त के होरु
आफ्नै आत्माको फोहोर पखाल्नु हो,
त्यो फोहोर सफा भएर
पुनः उज्यालो आत्मा बन्नु हो।

कसैलाई पीडा नदिने,
सत्य, करुणा र विवेकले भरिएको कर्म नै
सबैभन्दा ठूलो साधना हो।

जोगी भएर पनि,
यदि पाप गर्‍यो भनेरु
त्यसको आत्मा झनै मलिन हुन्छ।

तर गृहस्थ भएर पनि,
यदि कर्म शुद्ध भयो भने —
त्यही हो मुक्ति,
त्यही हो आत्मा उज्यालो हुने बाटो।

कृष्णले युद्धको मैदानमा कर्मको पाठ पढाए,
रामले वनवासमा पनि धर्म निभाए —
दुबै कर्मयोगी थिए।

हामीले पनि
सफाइले भरिएको कर्म गरौं,
कसैलाई नठेस पुग्ने काम नगरी
पवित्र मनले कर्म गरौं।

त्यसैमा छ ज्ञान,
त्यसैमा छ मुक्ति,
त्यसैमा छ आत्माको सुन्दरता।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!