Search

दोलखाको रातो मच्छिन्द्रनाथ (बुग्देउ) को रथजात्रा सम्पन्न

दोलखाको रातो मच्छिन्द्रनाथ (बुग्देउ) को रथजात्रा सम्पन्न

नेपाल सम्वत् ११४५, चौलागाः ८, अष्टमी (८ बैशाख, २०८२, २१ अप्रिल, २०२५) सोमबार, बाँपीझ्याला । दोलखा शहरमा बैशाख १ गतेदेखि रथजात्रा शुरु भई छैटौं दिनमा ६ गते सम्पन्न भएको छ ।

२०८१ चैत्र ३० गते दुधले स्नान गरी ३१ गते रथारोहण र भोली अन्तिम दिन भि¥याउने दिन समेत गरी ९ दिन यो जात्रा मनाउने परम्परा रही आएको छ । तर रथ तान्ने भने ६ दिन मात्रै हुन्छ । यसरी यसपालीको रथजात्रा हिजो सम्पन्न भएको छ ।

यसरी छैटौं दिनमा जुन ठाउँबाट तान्न शुरु गरिएको थियो । त्यही ठाउँमा पू¥याएपछी रथजात्रा तान्ने अन्त भएको मानिन्छ ।

भीमेश्वर नगरपालीका वडा नं. २ डोकलुङा टोलमा दुधले स्नान गर्ने चलन छ । यसै गरी वडा नं. २ पिङ्गल टोलमा रथारोहण गरी सके पश्चात पालै पालो टोल टोलमा बास राखी रथ तान्ने चलन रही आएको छ । यसरी बास राख्ने टोलहरुमा पहिलो रात नक्छे, दोश्रो रात श्यामसुन्दर टोल, तेश्रो रात टँसिचा टोल, चौथों रात माथिल्लो स्वयम्भुथान, पाँचो रात दुङ्गल टोल र छैटौं रात पिङ्गल टोलमा बास राखी सकेपछी सातौं दिनमा पुनः देउता भि¥याउने परम्परा रही आएको छ ।

चौथौ दिन बाँस राख्नको लागि माथिल्लो टोलमा रथजात्रा तान्दा करिव ६०–७० डिग्रीको उकालोमा तान्ने गरिन्छ । यस दिनलाई भक्तजन दोलखावासी र आन्तरीक पर्यटनहरुले विशेष दिनको रुपमा लिने गरेको पाईन्छ ।

काठमाण्डौं उपत्यकामा सेतो मच्छिन्द्रनाथ, ललितपुर र दोलखामा रातो मच्छिन्द्रनाथको रथजात्रा तान्ने परम्परा रही आएको छ । जुन यी तिन शहरमा भन्दा अन्य बस्ती एवं शहरहरुमा यो परम्परा रहेको छैन ।

मच्छिन्द्र रथ यात्रा (चौँला नखत)
चैत्र शुक्लपक्ष पूर्णिमाको दिन देखि नौ दिन सम्म लगातार रातो मच्छिद्रनाथ रथ यात्रा दोलखामा भव्य रुपमा मनाइन्छ । दोलखाको जात्रा पर्वहरु मध्य मच्छिन्द्रनाथको रथ यात्रा विशेष महत्वपूर्ण रहेको छ । कहिले देखि यो रथ यात्रा दोलखामा प्रचलनमा आयो भन्न सकिन्न तर अभिलेख अनुरुप वि.सं.१६३८ मा नै मच्छिन्द्रनाथ÷श्रीआर्यावलोकेश्वरलाई सुनको प्रभा चढाएको प्रमाण भने मूर्तिको प्रभा मण्डलमा कुदिँएको छ ।

यसरी हेर्दा आजभन्दा ५ शय वर्ष अगाडी देखिनै यो रथयात्रा संचालन भएको अनुमान लगाउन सकिन्छ । यसको अर्को प्रमाण वि.सं. १७३८ को पाइन्छ । तर यस अघि नै गुठी व्यवस्था भै सकेको र पछि गुठीमा केहि समस्या आएकोले नेपाल एकिकरण पछि राजा गिर्वाणयुद्ध विरविक्रम शाहले वि.संं १८६० मा मच्छिन्द्रनाथका गुठी थामी पुनः लाल मोहर गरिदिएको देखिन्छ । यसमा लापिलाङ खुवा, लेप्टुङ खुवा, कात्र्तिके खुवा, गुमु खुवा तोकेर त्यस क्षेत्र भित्र जे पैदावर हुन्छ आधाले मच्छिन्द्रनाथ को रथ बनाउने, आधाले देवीकोटको नित्य पूजा गर्न गुठी राखिएको छ । यसमा उल्लेख भए अनुरुप लापिलङ, लेप्टुङ, कार्तीके, गुमु खुवाबाट प्रजाहरु समेत आएर मच्छिन्द्रनाथको रथ बनाउनु पर्ने तोकिएको छ ।

मच्छिन्द्रनाथलाई करुणमय, लोकेश्वर, पद्मपाणी, आर्यवलोकेश्वर, बुगदेउ आदि नामबाट पुकारिने प्रचलन पनि रहेको छ । पहिला पहिला लापिलाङ, लेप्टुङ, कार्तीके आदि खुवाबाट चोयाको डोरी, वनमाला (नागवेली), भेडा, तेल, काठ आदि लिएर थामी समाजका दाजुभाईहरु दोलखा आँउदथे । दोलखा पुगेर मच्छिन्द्रनाथको रथका काठहरु निकालेर रथ बनाउने काम गर्दथे ।

५÷७ दिन लगाएर रथ बनाई सकेपछि पूर्णिमाको दिन मच्छिन्द्रनाथलाई विधीवत पूजाआजा गरी दुधले नुहाइ दिने काम गरिन्छ । त्यस दिन ब्रत बस्ने ब्रतालुहरु धेरै हुन्छन् । भोलिपल्ट पिङ्गल टोलका गुठीयार लगायत गुभाजु, थाकती बाजागाजा सहित पिङ्गल टोलबाट मच्छिन्द्रनाथ मन्दिरमा आई विधिवत पूजाआजा गरी गुठीयार र गुभाजुले बोकेर पिङ्गलमा निमार्ण भएको रथमा मच्छिन्द्रनाथलाई रथारोहन गरिन्छ ।

पहिला पहिला यो रथ १२÷१३ तलाको हुने गर्दथ्यो । रथमा मच्छिन्द्रलाई राखेपछि बाजागाजा बजाएर रथको अगाडी लामो धर्मासीमा राख्ने भैरवको मुखुण्डो लिन राजकुलेश्वर आधारभुत विद्यालयको पछाडी पट्टीको पाटीमा जान्छन् । त्यहाँबाट पूजाआजा गरी भैरवको मकुण्डो ल्याए पछि भैरवको मुर्तिलाई रथको धर्मासीँमा स्थापना गरी भेडा पूजा गर्ने प्रचलन रहेको छ ।

यसको पूजा विधी तथा गुभाजु पुजारी भएको कारणले यो बुद्धीष्टहरुको चाडको रुपमा लिन सकिन्छ । यस चाडलाई हिन्दूहरुले पनि विशेष रुपमा करुणामय पानीको देवताको रुपमा अन्नदाता भनेर मान्ने गर्दछन् । यसबाट दोलखामा परापूर्व कालदेखि नै धार्मिक सहिष्णुता रहेको देखिन्छ ।

यस चाडको मुख्य विशेषता अघि पछिको चाडजस्तो सबैको एकैदिन नभएर रथ तानेर जुन जुन टोलमा बास राखिन्छ त्यस दिन त्यस टोलको चाड हुन्छ । यसरी क्रमश ७ दिन विभिन्न टोलका मानिसहरुले पालै पालो चाड मनाउँछन् । यस चाडमा आफ्नो पालो पर्नेहरुले पालो नपरेकाहरुलाई, ईष्ट मित्र, चेलिबेटीहरुलाई बोलाएर भोज खुवाउने चलन छ । यस चाडमा कुखराको फूल, मासु चल्दैन । कुखराको फूल, मासु खाएर रथलाई छुनु पनि हुँदैन भन्ने विश्वाश गरिन्छ । त्यही अनुरुप रथलाई छुदैनन् ।

रथ तान्न द्धतियाको दिन देखि शुरुवात हुन्छ । रथ तान्ने पहिलो दिन पिङ्गलबाट नक्छेँ टोलसम्म तान्नु पर्ने हुन्छ । बाजागाजा सहित के बुढा, के तन्नेरी, के बच्चा सबैले रथ तान्ने गर्दछन् । तोकिएको ठाउँमा पुगेपछि सबैले रथमा चढेर फुल प्रसाद लिएर दर्शन गर्दछन् । अब त्यस टोलको चाड हुन्छ । निश्चित ठाउँमा पुगेपछि विधीवत पूजाको निम्ती ट्वाल पूजा त्यस टोलको गुठीयारले गर्नुपर्दछ । उक्त टोल पूजा गर्नेलाई दशैंको गुठीमा भिमेश्वरमा काटिएको राँगो एउटा एउटा फिला त्यसै बापत दिइने गरिन्छ । फरक फरक टोलमा फरक फरक व्यक्तिहरुले पुजा गर्ने गर्दछन् ।

यसरी तानेको पहिलो दिन नक्छेटोल, दोश्रो दिन कोर्छेटोल, तेश्रो दिन टसिचाटोल, चौथो दिन माथिल्लोटोल, पाचौं दिनदुङ्गल, छैठौं दिन पिङ्गल टोलमा पु¥याइन्छ । प्रत्येक टोलमा पुग्दा त्यस टोलका टोलवासीहरुले दिपावली गरी नखत मान्ने चलन यस नखतलाई चौला नखत भनिन्छ । प्रत्येक दिन रथ पुगेको टोलमा भजन कृतन गर्ने चलन छ ।

यसरी छैठौं दिन रथ पिङ्गलटोल पु¥याए पछि सातौं दिन रथबाट मच्छिन्द्र नाथलाई निकाली गुठियार र गुभाजुले बोकेर बाजागाजा, भजन (स्वरथ) सहित डोकुलुङ्गा टोल तिर लाने गर्दछन् । ठाँउठाँउमा पुजाआजा गर्दै डोकुलुङ्गा टोल स्थित मच्छिन्द्रनाथको मन्दिर ल्याई पु¥याइन्छ । त्यहाँ जैसीले सिङ्गारी राखेको मण्डप अगाडी विशेष तान्त्रिक विधीले पुजाआजा गरीसकेपछि सबैलाई फूलप्रसाद वितरण गर्दै मच्छिन्द्र भित्रयाउने काम हुन्छ । उक्त अवसरमा मन्दिरको मुलढोका अगाडी पुगेपछि गुभाजुले निम्न श्लोकहरु दर्शनार्थीहरुलाई सुनाउने गरिन्छ ।

श्री श्री श्री आनन्ददी मद्यम पाणी लोकेश्वर या रथयात्रा जुगु प्रभावन थुगु संसार यात उद्धार याना विजयाय माल ।
श्री श्री श्री जिवजन्तु सकल यात उद्धार याना विजयाय माल ।
श्री श्री श्री …………………………………………. खडग सिद्धी लाभ दएका विजयाय माल ।
श्री श्री श्री आनन्ददी लोकेश्वरया आज्ञा जुल ।

यो श्लोक पछि मच्छिन्द्र नाथ मन्दिर भित्र भित्र्याइन्छ । त्यस दिन त्यस टोलको नखत हुन्छ । राती भजन हुन्छ । गुवाजु ,गुठीयार बसेर विशेष पूजा गरी भोज खाएर समाम्प्ती गरिन्छ ।

यो चाडको शुरुवातको दिन पूर्णिमामा दोलखामा अर्को पनि एउटा पर्वको रुपमा मनाउने चलन छ । जसलाई दोलखा भाषामा ‘खो पूजा’ भन्ने गरिन्छ । यो पूजा विधी हेर्दा जलदेवीको पूजा हो । यसको प्रशंग दोलखाको हिले जात्रामा हुने कुमारी जात्रामा जोडीन गएको छ । पूर्णिमाको अघिल्लो दिन चतुर्दशीको दिनमा ढुङलटोलका अचाजु खलक, देवीकोटको पूजारी तथा डमरुले दोलखाको सबै घरबाट विभिन्न अन्नको विउ (कु अन्न बाहेक) जम्मा गरी बोका र पूजा सामान लिएर नागदह (तामाकोशी) जान्छन् । त्यस रात त्यही बसेर भोली पल्ट जलदेवीको पूजा आजा गरी बलि चढाएर विउहरु टपरीमा राखेर नदिमा बगाउछन् । उक्त टपरी छिटो छिटो वगेमा ……………………..ढिला हुने भन्ने बारे दोलखा भरी सुनाउदै जल प्रसाद बाँडेर हिड्न्छन् ।

यसरी यो प्रशंग हेर्दा जुन देवीको पूजा गर्न गएको हो त्यो देवीको बारेमा पहिला दोलखाको आदिवासीहरुले दैनिक आफ्नो नित्यकर्म गर्न गएर देवीलाई फकाई फुलाई ल्याएको बारे कुमारी जात्राको प्रशंगमा नै उल्लेख गरिएको छ । त्यही समय देखिनै यो चलन चलेको हो ।

त्यही देवीहरु लिन गएको सम्झनामा प्रत्येक सालको पूर्णिमामा यो जलदेवी पूजा गर्ने चलन चलेको हो । यसको आफ्नै गुठी थियो । पहिला पहिला जिम्वालहरुले बोका पूजाको सामान दिनुपर्ने थियो ।

अहिले जिम्वालहरु हटेको कारणले गर्दा नगरपालिकाले आवस्यक रकम छुटयाउने गरेको छ । यदि यो पर्व केही गरेर रोकियो भने दोलखामा हुने अरु सम्पूर्ण जात्रा–पर्वहरु पनि सञ्चालन हुदैन अर्थात मान्नु हुर्दैन भन्ने मान्यता र परम्परा रही आएको छ ।

लेख संयोजन : तिर्थनारायण जोशी, डोकलुङा, दोलखा ।
फोटो : बाँपिझ्याला डटकम/ श्याम श्रेष्ठ “जात्रा”/ अर्जुन श्रेष्ठ

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!