Search

नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपाल वञ्चित

नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपाल वञ्चित

नेपाल सम्वत् ११४५ चौलागाः ६ (बैशाख ६ , २०८२ ) अप्रिल १९, २०२५ ,शनिबार, बाँपीझ्याला ।आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । शनिबार वर्षाले ग्राउण्ड भिजेपछि खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको हो ।

नेपाल र अफगानिस्तानको समान ३-३ अंक थियो । तर आजको अंक बाँडिदा समान ७-७ अंक भएको थियो । तर अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको हो । करिब ५ घण्टा मैदान सुकाउने काम गरिए पनि केहि भागमा निकै खराब भएर खेल हुन नसकेको हो । अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरेका थिए ‌।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!