नेपाल सम्वत् ११४५ चौलागाः ५ (बैशाख ५ , २०८२ ) अप्रिल १८, २०२५ ,शुक्रबार, बाँपीझ्याला ।सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो । तर, चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार बिहीबार झै आज पनि चाँदी प्रति तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
